काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आएको हायर पर्चेज कर्जाको ब्याजदर २ प्रतिशतसम्म घटाएको छ ।
भदौ १ गते(आज)देखि लागू हुने गरी बैंकले ब्याजदर घटाइएको प्रष्ट पारेको हो । यसबाट गत चैत्र महिनादेखि भएको बन्दाबन्दीले सानो लगानीमा आफ्नो स्वआर्जन गरी व्यवसाय गर्दै आएका ग्राहकहरुलाई पर्न गएको आर्थिक प्रभावमा राहात मिल्ने बैंकले विश्वास लिएको बैंकका सूचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए ।
मुक्तिनाथ विकास बैंकले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको देशव्यापी बन्दाबन्दीको कारणबाट अत्यन्त प्रभावित क्षेत्रको रुपमा रहेको यातायात व्यवसायमा परेको प्रभावलाई मध्यनजर गर्दै यो अफर ल्याइएको प्रष्ट पारेको छ ।
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago