काठमाण्डौ । निषेधाज्ञा उल्लंघन गरेको भन्दै प्रहरीले बैंक कर्मचारीलाई सडकमा रोकेपछि नेपाल बैंकर संघले आज बिहीबार उपत्यकामा बैंकका शाखाहरु नखोल्न निर्देशन दिएको छ।
कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रण तथा रोकथामका लागि काठमाण्डौ उपत्यकामा हिजो बुधबार राति १२ बजेदेखि एक साताका लागि स्थानीय प्रशासनले उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा निषेधाज्ञा जारी गरेको छ। निषेधज्ञाबीच उपत्यकाका तीनै जिल्लामा सीमित बैंकका शाखाहरु खोल्ने स्थानीय प्रशासनहरुसँग समिति भएपछि बैंक जाँदै गरेको कर्मचारीहरुलाई रोकेका कारण आज शाखाहरु बन्द गर्न निर्देशन दिइएको संघले जनाएको छ।
संघले ठाउँठाउँमा प्रहरीले बैंकका सीईओलगायतका धेरैजसो कर्मचारीलाई रोकेको दाबी गरेको छ। ‘यसअघि सीडीओहरुकै सहमतिमा बैंकका कर्मचारीहरुलाई पास चाहिँदैन, बैंककै कार्ड भए हुन्छ भनिएको थियो’, संघका अध्यक्ष भुवन कुमार दाहालले, ‘आज ठाउँठाउँमा रोक्ने काम भएको छ। यसले बैंकरहरुलाई निकै समस्या भएको छ।’
यअसघि निषेधाज्ञाको अवधिमा उपत्यकाका तीन जिल्लामा सीमित संख्यामा बैंकहरु खुला गरिने नेपाल बैंकर संघले जनाएको थियो। संघका अनुसार निषेधाज्ञा अवधिभर हरेक दिन उपत्यकाका तीन जिल्लामा एउटा बैंकले बढीमा ८ वटामात्रै शाखा कार्यालय खोल्न पाउने व्यवस्था गरिएको थियो। जसअनुसार काठमाण्डौमा ५, ललितपुर २ र भक्तपुरमा एउटामात्र शाखा खोल्न पाइने भनिएको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago