काठमाण्डौ । नेपालको बीमा नियमनकारी निकाय बीमा समितिले निषेधाज्ञाका बेला पनि बीमकहरुले दैनिक कार्य सञ्चालन गरी सर्वसाधारणलाई सेवा गर्न निर्देशन दिएको छ।
समितिले बुधबार सूचना प्रकिाशत गर्दै एक तिहाइ कर्मचारीद्वारा सेवा सञ्चालन गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो। समितिले बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरुले निषेधाज्ञाका बेला अनिवार्य रुपमा फोटोसहितको परिचयपत्र लिएर हिँड्न पनि सुझाव दिएको छ।
कोरोना संक्रमण बढ्न थालेपछि उपत्यकाका तीन जिल्लामा हिजो बुधबार राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको थियो।
यो बेला बीमा अवधि समाप्त भएका बीमा लेखलाई भदौ १५ गतेसम्म नवीकरण गर्न म्याद दिनुपर्ने सुझाव पनि समितिले दिएको छ। सम्बन्धित बीमितले विद्युतीय माध्यमबाट म्याद थप्न अनुरोध गरेमा बीमालेख नवीकरण गर्ने व्यवस्था भदौ १५ गतेसम्म कायम गर्न समितिले निर्देशन दिएको छ। निषेधाज्ञा अवधिभित्र संकलन गर्नुपर्ने जीवन बीमा प्रिमियम अब २०७७ भदौ १५ गतेसम्म संकलन गर्न र यस अवधिको ब्याज नलिनसमेत समितिले निर्देशन दिएको छ।
बीमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरणको म्याद भदौ मसान्तसम्म थप गरीएको सोबापत जरिवान नलाग्ने व्यवस्था मिलाउनसमेत समितिले निर्देशन दिएको छ।
निर्जीवन बिमकले तत्काल सिर्जना हुने दाबीभुक्तानीका लागि विद्युतीय माध्यमबाट समेत निवेदन प्राप्त भएमा निषेधाज्ञाको अवधि समाप्त भएपछि तत्काल सर्भेयर खटाई क्षति यकिन गरी दाबीभुक्तानी गर्ने व्यवस्थालाई निरन्तरता दिन समितिले निर्देशन दिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19