काठमाण्डौ । रुसी वैज्ञानिकहरुले आफ्नोे कोरोनाविरुद्धको भ्याक्सिनको पहिलो रिपोर्ट सार्वजनिक गरेका छन् । रिपोर्टमा उल्लेख भएअनुसार भ्याक्सिनको सुरुवाती परीक्षणहरुले प्रतिरोधात्मकका संकेतहरु देखाएका छन् ।
मेडिकल जर्नल “द ल्यान्सेट”मा प्रकाशित रिपोर्टका अनुसार सुरुवाती परीक्षणमा सहभागी सबैले भाइरससँग लड्नका लागि एन्टीबडीको विकास गरेका छन् र उनीमाथि भ्याक्सिनको कुनै पनि साइड इफेक्ट देखिएको छैन ।
रुसले गत अगस्ट महिनामा नै भ्याक्सिनको स्थानीय प्रयोगका लागि अनुमति दिएको थियो । भ्याक्सिनको परीक्षणको डेटा सार्वजनिक हुनुअगावै यस्तो गर्ने रुस विश्वकै पहिलो देश हो ।
यद्यपि विज्ञहरुले भ्याक्सिनको परीक्षणहरु यसको प्रभाविकारीता र सुरक्षा प्रमाणित गर्न धेरै सानो भएको बताएका छन् ।
रुसले भने भ्याक्सिनको परीक्षणको सुरुवाती नतिजाहरुले आलोचकहरुलाई गतिलो जवाफ दिएको बताएको छ । केही पश्चिमी विज्ञहरुले रुसले भ्याक्सिनको परीक्षणको प्रक्रियाहरु कटौति गरेको हुनसक्ने बताउँदै रुसको भ्याक्सिनको विकासको तीव्रतामाथि प्रश्न गरेका छन् ।
गत महिना रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले विकास गरेको कोरोनाविरुद्धको भ्याक्सिनले सबै आवश्यक जाँच पास गरेको र आफ्नी एक छोरीलाई समेत यो भ्याक्सिन दिइएको बताएका थिए ।
रिपोर्ट के भन्छ ?
ल्यान्सेट पेपरकाअनुसार जुन र जुलाई महिनाको बीचमा स्पुन्तीक भि नाम दिइएको भ्याक्सिनको दुईवटा परीक्षण गरिएको थियो । प्रत्येक परीक्षणमा ३८ जना स्वास्थ्य स्वयम्सेवक सहभागी थिए । जसलाई भ्याक्सिनको डोज दिइएको थियो र तीन सातापछि फेरी बुस्टर भ्याक्सिन दिइएको थियो ।
परीक्षणमा सहभागी १८ देखि ६० वर्ष उमेरका सहभागीहरुलाई ४२ दिनसम्म सुपरीवेक्षण गरिएको थियो र सहभागी सबैले तीन साताभित्र एन्टीबडी विकास गरेका थिए । सहभागीहरुलाई टाउको र जोइन्ट दुख्ने सामान्य साइट इफेक्टहरु देखिएको थियो ।
रिपोर्टका अनुसार अब तेस्रो चरणको परीक्षणमा विभिन्न उमेर र जोखिम समूहका करीब ४० हजार स्वयम् सेवकहरु सहभागी हुनेछन्।
-CNN
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago