काठमाण्डौ । विश्व बैंकका पूर्व प्रमुखले कोरोनाको संकटलाई विश्वभरका राष्ट्रहरुले एकजुट भई सहकार्य गरेर सामना नगरेर विश्व सन् १९०० को जस्तै देखिनसक्ने बताएका छन् ।
विश्व बैंकका पूर्व प्रमुख रोबर्ट जोइललिकले अमेरिका र चीनबीच अहिले देखिएको तनाव विश्वव्यापी आर्थिक पुनर्उत्थानका लागि गम्भीर बाधाको रुपमा देखिएको बताएका छन् ।
जोइललिक, अमेरिकाको वरिष्ठ सार्वजनिक अधिकारीमध्ये एक हुन् । उनले ६ जना अमेरिकी राष्ट्रपतिहरुको सल्लाहकारको रुपमा समेत काम गरिसकेका छन् ।
बिबिसीसंग कुरा गर्दै उनले कोरोनाले निम्त्याएको मन्दीबाट माथि उठ्ने एउटा मात्रै प्रभावकारी उपाय भनेको विश्वव्यापी सहकार्य रहेको बताएका छन् । यसका लागि उनले अहिलेको मुख्य चिन्ता भनेको अमेरिका र चीन बीचको तनाव रहेको बताएका छन् ।
“मेरो विचारअनुसार अहिले अमेरिका र चीनबीचको सम्बन्ध फ्रि फलको अवस्थामा छ र हामीलाई यो सम्बन्धको न्यूनतम बिन्दु कहाँसम्म छ भन्ने केही पनि ज्ञान छैन र यो एकदमै डरलाग्दो अवस्था हो ।” रोर्बटले बिबिसीको एसिया बिजनेश रिपोर्टरलाई बताए ।
यस क्रममा उनले विश्व सन् १९०० जस्तो देखिन सक्ने चेतावनी समेत दिए । जतिबेला ग्लोबलाइजेशन र राष्ट्रिय स्वार्थका लागि विश्वका शक्तिशाली देशहरुबीच तीव्र प्रतिस्पर्धा हुने गर्दथ्यो ।
रोबर्टले सन् २००७ देखि २०१२ सम्म विश्व बैंकको प्रमुखको रुपमा काम गरेका थिए । उनले कार्यभार सम्हालेको वर्ष विश्वमा आर्थिक मन्दी देखिएको थियो । त्यतिबेला उनले विश्व बैंकका प्रमुखका नाताले मन्दीको अवस्थाबाट विश्वलाई बाहिर निकाल्नका लागि अन्तराष्ट्रिय मुद्रा कोष र विश्वका सरकारहरुसँग नजिक भएर काम गरेका थिए ।
बीबीसीबाट
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago