काठमाण्डौ । आज(शनिबार) न्यूजिल्याणको अकल्याणमा सरकारविरुद्ध प्रदर्शन भएको छ । सरकारले कोरोनाभाइरस नियन्त्रण गर्न जारी गरेको प्रतिबन्धविरुद्ध हजारौं नागरिकहरु सडकमा उत्रिएका हुन् ।
अकल्याण्ड, न्युजिल्याण्डको सबैभन्दा ठूलो सहर हो, जहाँ गत महिनादेखि कोरोनाभाइरसविरुद्ध प्रतिबन्धहरु लागू गरिएका थिए ।
स्थानीय टेलिभिजनहरुले प्रसारण गरेको समाचारमा मास्क नलगाएका धेरैजसो मानिसहरु विरोधमा उत्रिएको देखिएको छ । विरोधमा उत्रिएकाहरुले आफ्नो अधिकारका लागि सडकमा आउनुपरेको बताएका छन् ।
हजारौं मानिसहरु विरोधमा उत्रिएका भए पनि कसैलाई पनि पक्राउ गरेको रिपोर्ट भने प्रकाशित भएको छैन ।
अक्टोबर १७ मा आम निर्वाचनको सामना गर्न गइरहेकी प्रधानमन्त्री ज्याकिन्डा आर्देनले गत महिनादेखि प्रतिबन्धहरु केही खुकुलो पारेकी थिइन्, तर अहिले पनि सहर २.५ अलर्टमा रहेको छ । जसको अर्थ १० भन्दा बढी संख्यामा मानिसहरु भेला हुन पाउँदैनन् भन्ने हो । सार्वजनिक स्थल र यातायातमा अनिवार्य रुपमा मास्क लगाउनुपर्ने निर्देशिका जारी गरिएको छ ।
शनिबार न्यूजिल्याण्डमा कोरोना भाइरसका दुईवटा केसहरु देखिएका छन् र त्यहाँ कुल संक्रमितको संख्या १४४४ पुगेको छ । २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।
-एजेन्सीको सहयोगमा
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago