काठमाण्डौ । कार निर्माता कम्पनी भोल्सवागेनले आफ्नो पहिलो इलेक्ट्रिक एसयुभि,आइडि.फोर कार सार्वजनिक गरेको छ । कम्पनीले अमेरिकी बजारका लागि यो कार आफ्नो पहिलो लङ रेन्ज इलेक्ट्रिक कार भएको जनाएको छ । यसका साथै कम्पनीले यो कारलाई विद्युतीय सवारी साधनको समग्र ब्राण्डको महत्वपूर्ण हिस्सा भएको उल्लेख गरेको छ ।
भोल्सवागेनले आइडि फोरले अमेरिकामा एक समय सबैभन्दा चर्चित बनेको आफ्नो क्लासिक बिटल जस्तै प्रभाव छोड्ने विश्वास लिएको भोल्सवागेन गुप्र अफ अमेरिकाका सिईओ स्कट केगले बताए । भोल्सवागेनले सन् १९४९ देखि १९७७ सम्मको अवधिमा अमेरिकी बजारमा करीब ५० लाख युनिट बिटल्स् कार बिक्री गरेको थियो ।
आइडी फोरको सुरुवाती मूल्य करीब ४० हजार अमेरिकी डलर हुनेछ र यसमा विद्युतिय सवारी साधन खरीद गर्दा उपलब्ध हुने ७ हजार ५ सय फेडरल कर छुट समावेश गरिएको छैन । कर छुट गर्दा कारको मूल्य ३२ हजार ५ सय डलर हुनेछ । भोल्सवागेनले अमेरिकामा सन् २०२२ मा आइडि फोरको उत्पादन सुरुभएसँगै यसको मूल्य घटेर ३५ हजार डलरको हाराहारीमा पुग्ने अनुमान लगाएको छ । तर अहिलेका लागि भने यो एसयुभि जर्मनीमा उत्पादन हुनेछ ।
आइडि फोरको सुरुवाती मूल्य टोयोटा आरएभिफोर र होन्डा सिआर–भि को भन्दा धेरै रहेको छ । तर यसको मूल्य यि बेष्टसेलिङ एसयुभिहरुको अपडेटेड भर्जन बराबर रहेको छ ।
आइडि फोर भोल्सवागेनको ग्यासोलिन कम्प्याक्ट यसयुभि टिगुआन भन्दा केहि सानो रहेको छ । तर यसको इन्टेरियर स्पेसभने टिगुआनकै बराबर रहेको छ । आइडि फोरको इलेक्ट्रिक मोटर र ब्याट्रिहरुले कम स्पेस ओगटेका कारण यस्तो भएको कम्पनीले जनाएको छ ।
सुरुवातीमा आइडि फोर २०१ हर्स पावर रियर ह्विल ड्राइभ भर्जनका साथ उपलब्ध हुनेछ । सुरुवाति ४४ हजार मूल्यका साथ यसको स्पेशल “फस्ट इडिसन” मोडलहरुको ड्राइभीङ रेन्ज २५० माइल्स हुने कम्पनीले जनाएको छ । सन् २०२१ मा कम्पनीले ३०२ हर्स पावर अल–ह्विल–ड्राइभ मोडल बिक्री गर्न सुरु गर्नेछ । टेस्ला मोडल वाई र मुस्ट्याङ माच–ई जस्ता केहि अन्य इलेक्ट्रिक एसयुभि जस्तो आइडि फोरको “फ्रन्क” वा फ्रन्ट ट्रंक छैन । भोल्सवागेनले ग्यासोलिन इन्जिनको अभावमा खालि भएको ठाउलाई हाउस एअर कन्डिीस्निङ मेसिनरीको रुपमा प्रयोग गर्न सकिने जनाएको छ ।
आइडि फोरको उत्पादन गत महिनादेखि भोल्गवागेनको जर्मनीमा अवस्थीत जुइककाउमा रहेको कारखानामा सुरु भएको थियो । अर्काे वर्षको सुरुवातमा यसको उत्पादन कम्पनीको अमेरिकाको चाटाङअुगा टेनिसीमा रहेको कारखानामा सुरु हुनेछ । त्यसपश्चात यसको उत्पादन चीनमा रहेका दुईवटा काराखाना र युरोपमा रहेको एउटा कारखानामा पनि सुचारु गरिनेछ ।
-सिएनएनबाट
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago