काठमाण्डौ । माछापुच्छ्रे बैंक स्थापनाको २० वर्ष पूरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ । 

बीसौं वार्षिकोत्सव मनाउँदै बैंकको संचालक समिति र व्यवस्थापन टिमले आगामी दिनमा ग्राहकलाई स्तरीय डिजीटल सेवा प्रदान गर्ने माछापुच्छ्रेलाई स्मार्ट बैंकको रुपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

बैंकले २० औं वार्षिकोत्सवको अवसर पारेर ग्राहक लक्षित विभिन्न ६ वटा स्मार्ट सेवा तथा योजनाहरु एकैसाथ संचालनमा ल्याएको छ । जसअन्तर्गत बैंकले नेपाली बैंकिङ उद्योगमै पहिलोपटक वी च्याट वालेटको भुक्तानी सेवा संचालनमा ल्याएको छ । 

बैंकले ग्राहकहरुले क्युआर कोड स्क्यान गरी आफ्नो खाताबाट नगद निकाल्न सक्ने गरी एमबिएल स्मार्ट काउण्टरको पनि सुरुवात गरेको छ । 

यस्तै, बैंकले आफ्नो नयाँ स्मार्ट वेबसाईट पनि आजैबाट सुरुवात गरेको छ । 

ग्राहकहरुले स्मार्ट वेबसाईट मार्फत बचत खाता खोल्न र क्रेडिट कार्डको अनलाईन आवेदन दिनसक्ने व्यवस्था मिलाइएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

माछापुच्छ्रे बैंके २० औं वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहक लक्षित विभिन्न २० २०(ट्वान्टी ट्वान्टी) अफरहरु पनि संचालनमा ल्याएको छ । 

बैंकले दरबारमार्ग र लाजिम्पाटमा ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै प्रायोरोटिी काउण्टर पनि संचालनमा ल्याइने घोषणा गरेको छ । 

यस्तै,  आफ्नो वार्षिकोत्सवको पूर्वसन्ध्यामा ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिकामा आफ्नो १६० औं शाखा कार्यालय समेत संचालनमा ल्याएको छ । 

स्थापनाको २१ वर्षमा आईपुग्दा बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर, साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग इकाई, ५ वटा एक्सटेन्सन समेत गरी जम्मा २९८ स्थानबाट बैंकिङ सुविधा प्रदान गरिरहेको छ । 

बैंकको देशभर १९९ वटा एटीएमहरु सञ्चालनमा छन् ।