काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले कात्तिक १ गतेदेखि लागू हुने गरी विभिन्न शीर्षकका कर्जाको ब्याजदर निर्धारण गरेको छ। 

बैंकले घर, गाडी र अन्य रिटेल कर्जा अपरिवर्तनीय निश्चित ब्याजदर निर्धारण गरेको छ। बैंकले घर कर्जाअन्तर्गत ५ वर्षका लागि ९.८९ प्रतिशत, ५ वर्षमाथि १० वर्षसम्मका लागि १०.८९  र १० वर्षमाथि ११.८९ प्रतिशत निश्चित ब्याजदर निर्धारण गरेको छ। 

यसैगरी बैंकले गाडी तथा हायर पर्चेज कर्जामा ५ वर्षसम्मका लागि ९.९९ प्रतिशत र ५ वर्षमाथि १० वर्षसम्मका लागि १०.९९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। अन्य रिटेल कर्जा भने बैंकले ५ वर्षसम्मका लागि १०.२४ प्रतिशत, ५ वर्षमाथि १० वर्षसम्मका लागि ११.२४ प्रतिशत र १० वर्षमाथिसम्मका लागि १२.२४ प्रतिशत ब्याजमा उपलब्ध गराउनेछ। 

बैंकले सेयर धितो कर्जा र सुन धितो कर्जा आधार दर ८.४२ प्रतिशतमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा प्रवाह गरिने जनाएको छ। 

यसैगरी बैंकले अन्य विभिन्न कर्जा पनि आधार दरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा प्रवाह गर्नेछ। 

बैंकले मुद्दति निक्षेपमा भने व्यक्तिगततर्फ ३ महिनादेखि १५ वर्षसम्मका योजनाअन्तर्गत ७.२५ प्रतिशतदेखि ९.७५ प्रतिशतसम्म ब्याज उपलब्ध गराउने भएको छ। 

यस्तै संस्थागततर्फको मुद्दति निक्षेपमा भने ३ महिनादेखि १५ वर्षसम्मका योजनाअन्तर्गत ६.५ प्रतिशतदेखि १०.२५ प्रतिशतसम्म ब्याज उपलब्ध गराउने बैंकले जनाएको छ।

बैंकले एमबीएल रिकरिङ डिपोजिटमा ८ प्रतिशत ब्याज उपलब्ध गराउनेछ। त्यस्तै अन्य निक्षेपमा बैंकले ३ देखि ५ प्रतिशतसम्म ब्याज दिइने बैंकले जनाएको छ। 

थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् –