काठमाण्डौ । चीनले अस्ट्रेलियामा उत्पादित गहुँ खरिदमा प्रतिबन्ध लगाउने तयारी गरेको छ।
हङकङबाट प्रकाशन हुने साउथ चाइना मर्निङ पोस्टमा छापिएको एक समाचारअनुसार चीनले अस्ट्रेलियाबाट बर्सेनि ३९ करोड ४० लाख अमेरिकी डलर बराबरको गहुँ खरिद गर्दै आएको छ। आगामी शुक्रबारदेखि लागू हुने गरी चीनले अस्ट्रेलियाबाट जौ, चिनी, रातो अंगुर, काठ, कोइला, तामा समेतका कतिपय वस्तुको आयातमा पनि प्रतिबन्ध लगाएको छ। तर गहुँ आयातमा कहिलेदेखि प्रतिबन्ध लगाउने भन्नेबारेमा स्पष्ट भइसकेको छैन।
तोकिएको मितिपछि अस्ट्रेलियाली प्रतिबन्धित सामग्री आयात भएमा त्यसको जिम्मेवार स्वयं आयातकर्ताहरु नै हुने चिनियाँ अधिकारीहरुले बताएका छन्। उनीहरुले परिवर्तित नियमहरुलाई कडाईका साथ लागू गर्न आदेश दिएका छन्।
अस्ट्रेलियाले गत अप्रिलमा कोरोना भाइरसको उत्पत्ति चीनबाट भएको दोषारोपण गरेयता चीन र अस्ट्रेलियाबीचको सम्बन्धमा तीक्तता आएको छ। त्यसयता चीनले अस्ट्रेलियाबाट आयात हुने सामानमा कर वृद्धिका साथै अन्य कारबाही गरिसकेको छ।
चिनियाँ भन्सार प्रशासनले शुक्रबार अस्ट्रेलियाबाट आयातीत काठमा शंकास्पद विषादी भेटिएको जनाउँदै चीन प्रवेशमा रोक लगाएको छ। -रासस/एएनआई
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19