काठमाण्डौ । सन् २०२० मा लगातार रेकर्ड बनाइरहेको मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिज लिमिटेडले फेरि अर्को एउटा रेकर्ड बनाएको छ।
सन् २०२० मा भारतीय कम्पनीहरुको फर्च्युन ५०० लिस्टमा रिलायन्य लगातार दोस्रोपटक शीर्ष स्थान ओगट्न सफल भएको हो। शीर्ष स्थान हासिल गर्न रिलायन्सले लगातार दोस्रोपटक पनि इन्डियन आयल कर्पोरेसनलाई पछाडि पारेको छ।
सार्वजनिक क्षेत्रको तेल कम्पनी इन्डियन आयल कर्पोरेसन सन् २०१० देखि सन् २०१८ सम्म लगातार फच्र्युन ५०० लिस्टमा शीर्ष स्थानमा थियो।
सन् २०२० को यो लिस्टमा आयल एन्ड नेचुरल ग्यास कर्पोरेसन तेस्रो स्थानमा र देशकै सबैभन्दा ठूलो बैंक भारतीय स्टेट बैंक चौथो स्थानमा छ भने भारत पेट्रोलियम कर्पोरेसन लिमिटेड पाँचौँ स्थानमा रहेको छ।
यो लिस्ट वित्त वर्ष २०१९–२० को वित्तीय आँकडाका आधारमा तयार गरिएको हो। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19