काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लि.ले आज बुधबार चौबिसौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सभामा संस्थाका अध्यक्ष किशोर कुमार महर्जनले संचालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७६-७७मा गरेका कार्यक्रम तथा गतिविधिहरु बारे प्रकाश पारे ।उनले चालू आर्थिक वर्षमा संस्थाले संचालन गरेका तथा आगामी आर्थिक वर्षमा संस्थाले संचालन गर्ने कार्यक्रम तथा योजनाहरु बारे जानकारी दिए। साधारण सभामा वार्षिक प्रतिवेदनका सम्बन्धमा उठेका प्रश्न एवं जिज्ञाशाहरुको जवाफ दिँदै अध्यक्ष किशोर कुमार महर्जनले संस्था अपेक्षित रुपले प्रगतिपथमा लम्किरहेको जानकारी दिए ।
सो साधारण सभाले आर्थिक वर्ष २०७६÷७७ वित्तीय अवस्थाको विवरण(वासलात), नाफा÷नोक्सानविवरण, नगदप्रवाहविवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरणका साथै सम्पूर्ण अनूसूचीहरु सहितको वित्तीय विवरणहरु छलफल पश्चात पारित गरेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19