काठमाण्डौ । कोरोना महामारीले विश्व अर्थतन्त्र धरासायी बनेको छ। जसका कारण करोडौँ मानिस बेरोजगार बनेका छन्।
यूएनडीपी र डेनभर विश्वविद्यालयको एक अध्ययनअनुसार कोरोना महामारीका गम्भीर दीर्घकालीन परिणामका कारण सन् २०३० सम्म २० करोड ७० लाख मानिस अझै गरिबीको रेखामुनि जान सक्छन्। यदि यसो भएमा विश्वभर निकै गरिब मानिसको संख्या १ अर्ब पार हुन सक्छ।
अर्कोतिर विश्वका १० शीर्ष धनीव्यक्तिले भने यो महामारीबीच आफ्नो सम्पत्ति झनै बढाएका छन्। अध्ययनको परिणामअनुसार उनीहरुले यति सम्पत्ति कमाएका छन् कि जसबाट विश्वबाट गरिबी उन्मूलन गर्न सकिन्छ।
गैरनाफामूल्क संस्था अक्सफामको अध्ययन प्रतिवेदनअनुसार सन् २०२० डिसेम्बर ३१ सम्म विश्वका शीर्ष १० धनाढ्यको सम्पत्ति ५४० बिलियन डलरले बढेको छ। यही बला कम से कम २० करोडदेखि ५० करोड मानिस गरिब भएका छन्।
कोरोना महामारीका कारण विश्वमा आयको असमानता बढेको छ। यसबाट शिक्षा, स्वास्थ्य र अन्य सहज जीवनयापन गर्नेहरुलाई बढी असर परेको छ।
अक्सफामका अनुसार विश्वमा धनी र गरिबीको दूरी झनै बढेको छ। धनी झन् धनी बनेका छन् भने गरिबको अवस्था झनै दयनीय बनेको छ।
प्रतिवेदनका अनुसार विश्वमा जो मानिस २ डलरदेखि १० डलर प्रतिदिन आयमा निर्भर छन् उनीहरुलाई गरिबीको सूचीमा राखिएको छ। यदि उनीहरुले एक दिन पनि ज्याला नपाए उनीहरुको दुरावस्था हुनेछ।
प्रतिवेदनमा गत वर्ष शीर्ष १० धनीव्यक्तिले कमाएको पैसाले विश्वबाट गरिबी उन्मूलन गर्न सकिन्छ। त्यतिमात्रै उक्त कमाइबाट विश्वभरका मानिसलाई कोरोना भ्याक्सिन निःशुल्क नै उपलब्ध गराउन सकिन्छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19