काठमाण्डौ । विश्व बजारमा सबैभन्दा उच्च मूल्य भएको सेयर वर्कशायर हाथवे कम्पनीलाई मानिन्छ। यसको आजको अन्तिम कारोबार मूल्य ३ लाख ८७ हजार ९९५ अमेरिकी डलर रहेको छ।
हाथवेलाई पछ्याउँदै डिजिटल मुद्रा बिटक्वाइनको मूल्य ३ लाख डलर पुग्ने त्यहाँस्थित क्रिप्टोकरेन्सीका सहसंस्थापक तथा क्रिप्टो एक्सचेन्जका पूर्वप्रमुख कार्यकारी अधिकृत बबी लीले बताएका छन्। लीका अनुसार बिटक्वाइन अहिले बुल फेजमा रहेको र यो अवधि ४ वर्षसम्म रहनेछ। ‘यो समरको अन्त्यसम्ममा १ लाख डलर पुग्ने अनुमान छ’, उनले भने।
सम्भवतः सन् २०२१ को अन्त्यसम्ममा बिटक्वाइनको मूल्य ३ लाख डलर पुग्नेछ। यो वर्षमात्रै बिटक्वाइनको मूल्य ९६ प्रतिशतले बढेको छ भने डाउ जोन ७ प्रतिशत, एसएनपी-५०० ५ प्रतिशत तथा नास्डक ४ प्रतिशतमात्रैले बढोत्तरी भएको छ।
बिटक्वाइनको आजको अन्तिम कारोबार मूल्य ५६ हजार ७२८ डलरमा रहेको छ। जब कि बिटक्वाइनको मूल्य यसअघि ६१ हजार ५५६ डलर ५९ सेन्टसम्म पुगेको थियो। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago