काठमाण्डौ । विश्वकै ठूलो मानिने फास्टफुड कम्पनी म्याकडनल्सलाई ब्रिटेनमा विक्रीवितरणमा रोक लागाउन माग गरिएको छ। 

यसरी माग गर्नेहरु त्यहाँस्थित पशु अधिकारकर्मी तथा शाकाहारीहरु छन्। उनीहरुले सन् २०२५ सम्म म्याकडनल्सले आफ्नो परिकारमा भेजिटेबलमात्रै बनाउनुपर्ने माग गर्दै आन्दोलन गरेका छन्। म्याकडनल्स संसारभर फास्टफुड कम्पनीका रुपमा अमेरिका, युरोप, ब्रिटेन, एसिया र अस्ट्रेलियामा पनि चेन रेस्टुराँका रुपमा चिनिएको छ। 

यसैबीच विभिन्न स्थानबाट प्रदर्शनमा उत्रिएका १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रदर्शनकै कारण विभिन्न ४ स्थानमा रहेका म्याकडनल्सका १ हजार ३०० रेस्टुराँको व्यापार प्रभावित भएको थियो। 

प्रदर्शनकारीमध्येका एक जेम्स ओजडेनले मासु तथा डरी उद्योगले पृथ्वी ध्वस्त पारेको तथा अर्बौं जनवार मारिएको भन्दै आपत्ति जनाए। उनले भने, ‘यसको सट्टा प्लान्टमा आधारित खाना खानुपर्छ।’ – एजेन्सी