काठमाण्डौ । कोरोना महामारी नियन्त्रणका लागि उपत्यकासहित मुलुकका विभिन्न स्थानमा जारी गरिएको निषेधाज्ञाका कारण वाणिज्य बैंकहरुको कर्जा लगानी र निक्षेप संकलन प्रभावित बनेको छ।
नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले सार्वजनिक गरेको पछिल्लो एक साता (जेठ १–७ गते) सम्मको तथ्यांक हेर्दा निषेधाज्ञाले वाणिज्य बैंकहरुको बिजनेस प्रभावित भएको देखिएको हो। यो अवधिमा बैंकहरुले ६ अर्ब रुपैयाँमात्र निक्षेप संकलन गरेको छ। योसँगै बैंकहरुको कुल निक्षेप ३९ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ।
त्यसो त बैंकको निक्षेप संकलन गत वैशाखबाटै प्रभावित भएको देखिन्छ। वैशाख महिनाभरि वाणिज्य बैंकहरु केवल ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए।
पछिल्लो एक सातामा वाणिज्य बैंकहरुले ५ अर्ब रुपैयाँमात्रै कर्जा परिचालन गरेको एनबीएले जनाएको छ। योसँगै बैंकहरुको कुल कर्जा लगानी ३६ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ।
गत वैशाख महिनाभरि भने बैंकहरुले ३८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए।
निषेधाज्ञाका कारण सीमित संख्यामा बैंकका शाखाहरु खोल्न दिइएकै कारण बिजेनज प्रभावित भएको बैंकरहरु बताउँछन्। ‘यो अवधिमा व्यापारव्यवसाय सुस्ताका छन्, जसका कारण कर्जा माग गर्नेको संख्या घटेको छ’, एक बैंकरले भने, ‘महामारीकै कारण निक्षेप संकलन पनि घटेको छ। मानिसहरुले यो बेला घरखर्च र स्वास्थ्यमा आइपर्न सक्ने संकटका लागि आवश्यक पैसा जोहो गरेका कारण बैंकमा पैसा राख्नेभन्दा झिक्ने बढी देखिएका छन्।’
नेपाल राष्ट्र बैंकले हिजोमात्रै एक निर्देशन जारी गर्दै वाणिज्य बैंकहरुलाई आलोपालो गरी उपत्यकामा ६ वटामात्रै शाखा खोल्न भनेको छ। जसअनुसार अब वाणिज्य बैंकहरुले काठमाण्डौमा ३ वटा, ललितपुर २ वटा र भक्तपुरमा एउटामात्रै शाखा खोल्न पाउनेछन्।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19