काठमाण्डौ । अल साल्भाडोर बिटक्वाइनलाई आधिकारिक मुद्राका रुपमा अपनाउने विश्वकै पहिलो सार्वभौम राष्ट्र बन्ने भएको छ। यसका लागि अल साल्भाडोरले कानुनी प्रक्रिया अगाडि बढाएको छ।
साल्भाडारले अमेरिकी डलररहित बिटक्वाइनलाई कानुनी मान्यता प्रदान गर्न लागेको हो। अमेरिकाको मायामीमा अयोजना भएको बिटक्वाइन २०२१ मल्टीडे कन्फ्रेन्समा अल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले डिजिटल वालेटसँगको सहकार्य घोषणा गर्दै बिटक्वाइनको प्रविधिको प्रयोगबाट देशको आधुनिक वित्तीय पूर्वाधार निर्माण गर्ने बताएका हुन्। ‘अर्को साता म यस विषयको बिल कंग्रेसमा पेस गर्नेछु, जसले बिटक्वाइनलाई लिगल टेन्डर बनाउनेछ’, बुकेले भने।
अल साल्भाडोर नगद अर्थतन्त्र अधिक भएको देश हो। जहाँ ७० प्रतिशतभन्दा बढी मानिससँग बैंक खाता वा क्रेडिट कार्ड छैन। यहाँ विदेशबाट आएको रेमिट्यान्सले यहाँको कुल ग्रार्हस्थ उत्पादनको २० प्रतिशत हिस्सा आगट्ने गर्दछ। यसरी विदेशबाट रेमिट्यान्स भित्र्याउँदा १० प्रतिशतभन्दा बढी शुल्क लाग्ने गरेको बताइएको छ।
यस्तै आधारभुत जग बसाल्नका लागि नयाँ वित्तीय इको प्रणाली निर्माण गर्न साल्भाडोरले बिटक्वाइनका लिडरहरुको एउटा टिम बनाएको सीएनबीसीले जनाएको छ।
बिटक्वाइन कुनै पनि एसेस्ट्सबाट ब्याक्ड छैन न त विश्वका कुनै सरकारले यसमाथि पूर्ण भरोसा गरेका छन्। अहिले विश्वमा २१ मिलियन बिटक्वाइन अस्तित्वमा छन्। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19