काठमाण्डौ । अब संगठित संस्था दर्ता गरी पुनर्बीमा दलाल व्यवसायीको काम गर्न पाइने भएको छ।
बीमा समितिले आज जारी गरेको पुनर्बीमा दलाल (ब्रोकर) सम्बन्धी निर्देशिका, २०७८ बमोजिम अब कुनै पनि व्यक्तिले बीमा ऐन, २०४९ को दफा ५ बमोजिम संगठित संस्था दर्ता गरी ऐनको दफा ३० खबमोजिम इजाजत लिई पुनर्बीमा दलाल व्यवसायीको काम गर्न पाउने भएका हुन्। पुनर्बीमा दलालका रुपमा दर्ता हुन प्रचलित कानुनबमोजिम संगठित संस्थाका रुपमा स्थापना र दर्ता भएको हुनुपर्नेछ।
पुनर्बीमा दलाल व्यवसायीको इजाजतपत्र लिनका लागि संगठित संस्था दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि, प्रबन्धपत्र र नियमावली, सम्भाव्यता अध्ययन प्रतिवेदन, संगठित संस्थाको प्रमुख कार्यकारी अधिकृत वा प्रमुख व्यवस्थापकको व्यक्तिगत विवरण, आवश्यक पुँजी बैंक खातामा जम्मा गरेको पुष्टि गर्ने निस्सा र समितिले आवश्यक देखेका अन्य कागजपत्र तथा विवरण पेस गर्नुपर्ने छ।
त्यस्ता संगठित संस्थाको अधिकृत पुँजी कम्तीमा पनि १० करोड रुपैयाँ हुनुपर्नेछ भने अधिकृत पुँजीको ५० प्रतिशत रकम चुक्तापुँजीका रुपमा कायम गर्नुपर्नेछ। पुँजीमध्येबाट अधिकृत पुँजीको २५ प्रतिशत रकम समितिबाट एअर मार्क गराई वाणिज्य बैंकको मुद्दति खातामा राख्नुपर्नेछ।
अधिकृत पुँजी तथा चुक्ता पुँजी अन्य व्यवस्था समितिले समय–समयमा तोकेबमोजिम हुने व्यवस्था पनि निर्देशिकाले गरेको छ।
यस्तो पुनर्बीमा दलाल व्यवसायीले जोखिमको पुनर्बीमाको व्यवस्था गर्ने, प्लेसमेन्ट गर्ने तथा मिलान गर्ने बीमक तथा पुनर्बीमक र पुनर्बीमकबीच मध्यस्थको कार्य गर्नेछ।
यस्ता व्यवसायीले बीमा समितिले समय समयमा तोकेबमोजिमको पुँजी कायम गर्नुपर्नेछ भने बीमितको हकहित संरक्षण हुने गरी आफ्नो व्यवसाय सञ्चालन गर्नुपर्नेछ।
बीमा समितिले पुनर्बीमा दलाल व्यवसायीको इजाजतपत्र लिन आवश्यक कागजपत्रसहित प्राप्त निवेदनको जाँचबुझ गरी उपुक्त ठानेमा आवश्यक दस्तुर लिई अनुमति प्रदान गर्नेछ।
यस्तै नेपालमा पुनर्बीमासम्बन्धी कारोबार गर्न इच्छुक विदेशी पुनर्बीमा दलालले समितिमा सम्पर्क शाखा खोल्ने इजाजतका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। यसरी आवेदन दिएका दलाल कम्पनीलाई बीमा समितिबाट पुनर्बीमा दलालको इजाजत दिने आशय पत्र प्राप्त भएपछि ब्रोकिङ कार्य गर्नुअघि नेपालको क वर्गको बैंकमा सेक्युरिटी डिपोजिट बापत ५० हजार अमेरिकी डलर जम्मा गर्नुपर्नेछ।
नेपाली पुनर्बीमा दलालसँग संयुक्त रुपमा नेपालमा पुनर्बीमा दलाल कम्पनी खोल्न इच्छुक विदेशी पुनर्बीमा दलालले अधिकुत पूँजीको ५५ प्रतिशतसम्म सेयर हिस्सा राख्न सक्ने व्यवस्था गरिएको छ। यसरी विदेशी दलालले स्थापना गरेको कम्पनीमा एक जना मुख्य व्यवस्थापक वा प्रमुख कार्यकारी अधिकृतका अलावा आवश्यकताअनुसार १ जना सूचना प्रविधि विज्ञ विदेशी नागरिक राख्न सकिनेछ र अन्य कर्मचारीहरुको हकमा नेपाली नागरिक हुनेपर्नेछ।
पुनर्बीमा दलालको काम–कर्तव्य
थप जानकारीका लागि (पुनर्बीमा दलाल (ब्रोकर) सम्बन्धी निर्देशिका, २०७८) क्लिक गर्नुहोस् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19