काठमाण्डौ । विश्वको सबैभन्दा लोकप्रिय र पुरानो क्रिप्टोकरेन्सी बिटक्वाइनको १२ वर्षको इतिहासमा आजको दिन सबैभन्दा महत्वपूर्ण हुनेछ।
आज मध्यअमेरिकी देश अल साल्भाडोर बिटक्वाइनलाई कानुनी रुपमा आधिकारिक मुद्राका स्वीकार गर्नेछ। यसरी बिटक्वाइनलाई मुद्राका रुपमा स्वीकार गर्ने साल्भाडोर विश्वकै पहिलो देश हुनेछ।
आज क्रिप्टोकरेन्सीका आलोचक र समर्थक दुवैको नजिक अल साल्भाडोर गर्ने निर्णयको प्रतीक्षामा छन्।
अल साल्भाडोरले रोलआउटभन्दा पहिला ४०० बिटक्वाइन किनेको छ। जसको मार्केट भ्याल्यू हालको मूल्यको हिसाबले करिब २ करोड डलर रहेको छ।
अल साल्भाडोरले ठूलो संख्यामा बिटक्वाइन किन्ने योजना बनाएको छ। पहिलोपटक २०० बिटक्वाइन किनेपछि अल साल्भाडोरका राष्ट्रपति न्याइब बुकेलेले ठूलो संख्यामा बिटक्वाइन किन्ने योजनाबारे खुलाएका थिए।
अल साल्भाडोरको नेसनल आईडी नम्बरमा रजिस्टर गर्ने प्रयोगकर्ताहरुले ३० डलरमा यो डिजिटल मुद्रा प्रि–लोडेडमा पाउनेछन्। व्यापारीहरुले सामान बेच्दा र सेवा प्रदान गर्दै बिटक्वाइनलाई भुक्तानीका रुपमा स्वीकार गर्नुपर्नेछ। सरकारले पनि कर उठाउँदा बिटक्वाइनलाई स्वीकार्नुपर्नेछ।
यो युवा राष्ट्रपतिको नवीनतम सोच हो। राष्ट्रपति भन्छन्, ‘यो योजनाले धेरैभन्दा धेरै मानिस वित्तीय प्रणालीमा जोडिनेछन् र पैसा पठाउन पनि सस्तो हुनेछ।’
यदि अल साल्भाडोरको प्रयोग सफल भयो भने अन्य देशले पनि बिटक्वाइनलाई मुद्राका रुपमा स्वीकार गर्न सक्छन्।
अल साल्भाडोरको अर्थतन्त्र प्रवासी कामदारद्वारा पठाइने रेमिट्यान्सले धानिएको छ। गत वर्षले प्रवासी कामदारले करिब ६ अर्ब डलर स्वदेश पठाएका थिए। जुन अल साल्भाडोरको कुल जीडीपीको करिब २० प्रतिशत हो।
अल साल्भाडोरका राष्ट्रपतिका अनुसार बिटक्वाइनको प्रयोगले जनताको हरेक वर्ष ४० करोड डलर बचत हुनेछ। यद्यपि गत साता गरिएको एक मतदानमा दुई तिहाइ मानिसले बिटक्वाइनविरुद्ध मत जाहेर गरेका थिए। जसमा ७० प्रतिशत अधिक जनताले बिटक्वाइनको सट्टा अमेरिकी डलर नै रोजेका थिए। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19