काठमाण्डौ । केही वाणिज्य बैंकहरुले १० प्रतिशतसम्म निक्षेपको ब्याजदर तोकेपछि आफ्नो निक्षेप जोगाउन विकास बैंकहरु आक्रामक देखिएका छन् । यही क्रममा सबैभन्दा ठूलो विकास बैंक, मुक्तिनाथ विकास बैंकले मुद्दति निक्षेपको ब्याजदर करिब ११ प्रतिशत पुर्याएको छ । 

कात्तिक १ गतेदेखि लागू हुने गरी यो बैंकले मुद्दति निक्षेपको ब्याजदर करिब ११ प्रतिशत पुर्याएको हो । 

असोज महिनामा यो बैंकले मुद्दति निक्षेपमा अधिकतम ९.५ प्रतिशत मात्र ब्याजदर तोकेको थियो । 

बिजशालालाई प्राप्त जानकारीअनुसार मुक्तिनाथ विकास बैंकले ३ महिना वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपमा १०.६१ प्रतिशत ब्याजदर तोकेको हो । 

यस्तै, संस्थागत मुद्दति निक्षेपका लागि पनि ३ महिना वा सोभन्दा बढी अवधिलाई १०.६१ प्रतिशत नै ब्याजदर तोकिएको छ । 

बैंकले कर्मचारी बचत खाताको ब्याजदर ६.११ प्रतिशत पुर्याएको छ भने अन्य बचत खातातर्फ अधिकत ५.६१ प्रतिशत ब्याजदर तोकेको छ । 

कर्जाको ब्याजदर पछिल्लो बेसरेटमा ६ प्रतिशतसम्म प्रिमियम जोडेर कायम गरिने सूचनामा उल्लेख छ । 

यो बैंकको भदौको बेसरेट ८.०५ प्रतिशत छ ।