काठमाडौ । गत आर्थिक वर्ष २०७७/७८ को लाभांश अनुमोदन गर्दै माछापुच्छ्रे बैंकको २३ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।
पोखराको होटेल पोखरा ग्रान्डमा सम्पन्न वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल १४ प्रतिशत लाभांश अनुमोदन गरेको छ। जसमा १३.३ प्रतिशत बोनस सेय र कर प्रयोजनार्थ ०.७ प्रतिशत नगद लाभांश रहेका छन्।
सभाले बैंकको आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ आसार मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७/७८ को नाफा-नोक्सान बाडँफाडँ, इक्विटीमा भएको परिवर्तनको विवरण तथा नगद प्रवाह विवरणलगायत सम्पूर्ण विवरणहरु पारित गरेको छ।
सभाले सञ्चालक समितिमा रिक्त रहेको सञ्चालक पदमा सञ्चालक समितिले बाँकी कार्यकालसम्मका लागि नियुक्त गरेको सञ्चालकहरुको नियुक्ति अनुमोदन गरेको छ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी १७.७६ रुपैयाँ कायम गरेको थियो। बंैकको चुक्ता पुँजी ९ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ७० करोड रुपैयाँ सञ्चित छ।
स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवासुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंकले आफ्ना १६२ वटा शाखालगायत १५४ शाखारहित बैंकिङ सेवासमेत गरी जम्मा ३१६ स्थानबाट ग्राहकमा सम्पूर्ण बंैकिङ सुविधा प्रदान गर्नुका साथै बंैकको देशभर २०० वटा एटीएममार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19