काठमाण्डौ। नेपाल राष्ट्र बैंकले दोहोरो लगानी (क्रसहोल्डिङ) भएका लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जरका लागि कार्ययोजना पेस गर्न निर्देशन दिएको छ।
नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७७ को निर्देशन नं. १० मा बुँदा नं. १५ थप गरी क्रस होल्डिङ भएका लघुवित्त वित्तीय संस्थाहरुलाई २०७९ असार मसान्तसम्ममा एकआपसमा गाभ्न, गाभिन वा प्राप्तिमा जानका लागि कार्ययोजना पेस गर्न निर्देशन दिएको हो।
इजाजतपत्रप्राप्त क, ख र ग वर्गको एउटा बैंक तथा वित्तीय संस्थाको १० प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेका संस्थाहरुबीच आपसमा र/वा इजाजतपत्र प्राप्त एकभन्दा बढी क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाको ५१ प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेका लघुवित्त वित्तीय संस्थाहरुले आपसमा गाभ्न, गाभिन वा प्राप्तिमा जान २०७९ असार मसान्तभित्र राष्ट्र बैंकसमक्ष कार्ययोजना पेस गर्नुपर्ने निर्देशनमा भनिएको छ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरिएको राष्ट्र बैंकले जनाएको छ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको क्रसहोल्डिङ भएका लघुवित्त वित्तीय संस्थाहरु २०७९ असार मसान्तभित्र आपसमा गाभ्नु वा गाभिनु पर्ने व्यवस्था गरिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19