काठमाण्डौ । रुसी राष्ट्रपति पुटिनले बिहीबार बिहान युक्रेनमाथि विशेष सैन्य कारबाही गर्ने घोषणा गरेका छन्। त्यसयता विश्वस्तरमा भएका घटनाक्रमहरु तीव्रगतिमा परिवर्तन भइरहेका छन्। यो परिवर्तनको प्रत्यक्ष असर एसियाली सेयर बजारमा पनि देखिएको छ।

आक्रमणको खबरको असर एसियाली सेयर बजारमा प्रत्यक्ष रुपमा पनि देखिएको छ। एसियाली सेयर बजारहरु २ देखि ३ प्रतिशतसम्म घटेका छन्। 

लगानीकर्ता सुरक्षित लगानीतर्फ दौडिरहेका छन्। सुनको भाउ एक वर्षकै उच्च बिन्दुमा पुगेको छ। यसबाहेक अमेरिकी डलर र जापानी मुद्रा येन बलियो भएको छ।

बढ्दो तनावका कारण कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको छ। तेलको मूल्य सात वर्षमा यो पहिलोपटक उच्च विन्दुमा पुगेको हो। – एजेन्सी