काठमाण्डौ । रुसले युक्रेनविरुद्ध सैन्य कारबाही सुरु गर्दा बिटक्वाइनसहित सबै क्रिप्टोकरेन्सीको मूल्यमा तीव्र गिरावट आएको थियो। रुस–युक्रेन युद्ध झन् बढ्दै गएको छ। तर, पछिल्लो २४ घन्टामा क्रिप्टोकरेन्सीको मूल्यमा ठूलो उछाल आएको छ। यस अवधिमा बिटक्वाइनको मूल्य १५ प्रतिशतले बढेको छ।

विश्वका शीर्ष क्रिप्टोकरेन्सीहरुको मूल्यमा पनि बढोत्तरी भइरहेको छ। यो अवधिमा टेर्रा भाउमा २४ प्रतिशत बढोत्तरी आएसँगै विश्वको सातौँ सबैभन्दा मूल्यवान क्रिप्टो बनेको छ। 

त्यस्तै एभालेन्चमा १९ प्रतिशत र मिम क्रिप्टो शिबा इनुमा १० प्रतिशत बढोत्तरी भएको छ। 

क्रिप्टो एक्सचेन्ज वाजिरएक्सका अनुसार दिउँसो १.२६ बजे बिटक्वाइन ११.७१ प्रतिशतले बढेर ४३ हजार ३५५ डलरमा कारोबार भइरहेको थियो। बिटक्वाइनको मूल्य गत नोभेम्बरको सुरुआतमा ६८ हजार डलर पार गरेको थियो। 

यसैगरी विश्वको दोस्रो ठूलो क्रिप्टो इथर ९.३४ प्रतिशतले बढेर २९१६ डलरमा कारोबार भइरहेको छ। माइम क्रिप्टो डोगेकोइनमा ४.९२ प्रतिशत र शिबा इनुमा ७.१६ प्रतिशतको बढोत्तरीका साथ कारोबार भइरहेको छ। – एजेन्सी