काठमाण्डौ । एप्पल कम्पनीले रुसमा आफ्ना सबै उत्पादन बिक्रीमा प्रतिबन्ध लगाएको छ। 

युक्रेनमा भएको आक्रमणका कारण यस्तो निर्णय लिने सबैभन्दा ठूलो कम्पनी एप्पल हो। एप्पलबाहेक ऊर्जा कम्पनी एक्सोनमोबिलले पनि रुसमा आफ्नो काम र लगानी बन्द गर्ने घोषणा गरेको छ।

आईफोन निर्माता एप्पलले रुसी आक्रमणबाट ‘गहिरो चिन्तित’ भएको र ती ‘हिंसाका पीडितहरु’ सँग उभिने बताएको छ। यससँगै कम्पनी रुसमा एप्पल पे र एप्पल नक्साजस्ता सेवा पनि सीमित गरेको छ।

गुगलले रुसको राज्य–सहायता प्राप्त मिडिया आरटीलाई पनि यसको सुविधाहरुबाट हटाएको छ।

समाचार एजेन्सी आरआईएका अनुसार रुसको भीटीबी बैंकजस्ता एप अब एप्पलको आईओएस अपरेटिङ सिस्टममा रुसी भाषामा चल्न पाउने छैनन्।

एप्पलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘युक्रेनमा ट्राफिक र प्रत्यक्ष घटनाहरुलाई एप्पल नक्सामा युक्रेनी नागरिकको सुरक्षाका लागि डिसेबल्ड गरिएको छ।’ – एजेन्सी