काठमाण्डौ । यदि तपाइँ एसी, फ्रिज, कुल वा अन्य कुनै इलेक्ट्रोनिक्स सामग्री खरिद गर्ने योजनामा हुनुहुन्छ भने एकपटक अवश्यक विचार गर्नुहोला। कन्ज्युमर इलेक्ट्रोनिक्स कम्पनीहरुले बढ्दो लागतलाई ध्यानमा राख्दै इलेक्ट्रोनिक्स सामग्रीको मूल्य बढाउने तयारी गर्दैछ।
आगामी महिनामा त्यस्ता सामग्रीको भाउ ७ प्रतिशतदेखि १० प्रतिशतसम्म बढ्ने सम्भावना छ। बढ्दो लागतकै कारण कम्पनीहरुले विगत दुई वर्षमा तीनपटक मूल्य बढाइसकेका छन्।
रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कपर र एल्युमिनियमको भाउ उच्च विन्दुमा पुगेको छ। गत वर्ष फेब्रुअरीमा साढे २ लाख रुपैयाँको हाराहारीमा रहेको प्रतिटन एल्युमिनियमको भाउ बढेर साढे २ लाख रुपैयाँ पुगेको छ। कपरको भाउ पनि एक वर्षमै प्रतिटन साढे ९ लाख रुपैयाँबाट बढेर १२ लाख ३५ हजार रुपैयाँ पुगेको छ।
पछिल्लो दुई वर्षमा घरायसी वस्तुको भाउ निरन्तर बढिरहेको छ। सन् २०१९ को तुलनामा इलेक्ट्रोनिक्स सामग्रीहरु भाउमा कम्पनीहरुले १५ प्रतिशतसम्म बढाएका छन्। अब एकपटक फेरि भाउ बढाउनेमा तयारीमा कम्पनीहरु रहेका छन्।
कम्पनीहरु अहिलेसम्म मार्जिन घटाकर काम चलिरहेका थिए। ‘तर, अब यो गर्न सम्भव छैन। यस प्रकारका कम्पनीहरुले ५ प्रतिशतदेखि ७ प्रतिशतसम्म मूल्य बढ्न सक्छ’, कन्ज्युमर इलेक्ट्रोनिक्स एन्ड अप्लायन्सेस म्यान्युफ्क्चरर्स एसोसिएसनका अध्यक्ष एरिक ब्रगेन्जाले भने।
गोदरेज अप्लायन्सेसका बिजनेस हेड कमल नन्दीले इनपुट कास्ट र मूल्यमा १० प्रतिशतसम्म अन्तर रहेको बताए। ‘तसर्थ, कम्पनीहरुले यो अन्तरलाई कम गर्ने प्रयासमा कम्पनीहरु रहेका छन्’, उनले भने, ‘कन्ज्युमर इलेक्ट्रोनिक्सको भाउ १० प्रतिशतसम्म बढ्न जायज हुनेछ।’
यस्ता इलेक्ट्रोनिक्स सामग्रीको भाउ बढ्नुका ३ कारण
१. कोरोना महामारीको तेस्रो लहरमा धेरै कम्पनीहरुले गत जनवरीसम्म सामानको भाउ बढाएनन्। मागको तुलनामा आपूर्ति घट्दा पनि भाउ बढाउन सक्छन्।
२. कच्चा पदार्थको भाउ बढेको छ। यसैका कारण सिपिङ चार्ज पनि बढेको छ। यसका अतिरिक्त कच्चा तेलमा निर्भर प्लास्टिक र पेन्टको भाउ पनि बढ्नेछ।
३. कोरोना महामारीबीच विश्वभर महँगी बढेको छ। रुस र युक्रेनी युद्धका कारणले पनि एल्युमिनियम, कप्पर र स्टिलको भाउ उच्च विन्दुमा पुगेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago