काठमाण्डौ । भारतको खुद्रा मुद्रास्फीति १८ महिनायताकै उच्च विन्दुमा पुग्ने सम्भावना रहेको छ।
रोयटर्सले गरेको सर्वेक्षणअनुसार इन्धन र खाद्यान्नमा भएको मूल्यवृद्धि र भारतीय रिजर्भ बैंकको माथिल्लो सहिष्णुता सीमा लगातार चौथो महिना उच्च विन्दुमा रहेकाले भारतको अप्रिल महिनाको मुद्रास्फीति दर १८ महिनायताकै उच्च विन्दुमा पुग्ने जनाइएको हो।
गत मार्च महिनामा प्रमुख राज्यहरुको निर्वाचनपश्चात इन्धनको मूल्यवृद्धि गर्ने भारत सरकारको निर्णयले यो उछाल लामो समयदेखि अनुमान गरिएको थियो।
उपभोक्ता मूल्य सूचकको लगभग आधी हिस्सा ओगट्ने खाद्यान्न मुुद्रास्फीति गत मार्चमै उच्च थियो। विश्वव्यापी रुपमा वनस्पति तेल तथा खाना पकाउने तेलको मूल्यमा भइरहेको वृद्धिले यो अझै बढ्ने अनुमान गरिएको छ।
यी कारक तत्वहरुका कारण एसियाको तेस्रो ठूलो अर्थतन्त्रका रुपमा रहेको भारतको मुद्रास्फीतिदर अप्रिलमा ७.५ प्रतिशत पुग्ने अनुमान गरिएको छ। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19