काठमाण्डौ । अस्ट्रेलियाको केन्द्रीय बैंक द रिजर्भ बैंक (आरबीए)ले मुद्रास्फीतिलाई नियन्त्रण गर्न ब्याजदर वृद्धि गरेको छ।
आरबीएले ५० बेसिक प्वइन्टले अर्थात ०.८५ प्रतिशतले ब्याजदर वृद्धि गरेको हो। यो वृद्धि २२ वर्षयताकै उच्च हो।
आरबीएले २५ देखि ४० बेसिक प्वइन्टसम्म वृद्धि गर्ने अनुमान गरेका अर्थशास्त्रीहरु बैंकको निर्णयबाट अचम्मित बनेका छन्।
संयुक्त बेसिक प्वइन्टको ब्याक–टु–ब्याक मासिक दरले अप्रिलको तुलनामा ५ लाख डलर ऋणका लागि प्रति महिना थप २०० तिर्नुपर्ने जनाइएको छ।
आरबीएले ब्याजदर वृद्धि गरेसँगै वेस्टप्याक ब्याज बढाउने अस्ट्रेलियाको पहिलो बैंक बनेको छ। वेस्टप्याकले आगामी जुन २१ देखि होम लोन ०.५० प्रतिशतले वृद्धि गर्ने जनाएको छ।
अस्ट्रेलियामा आममानिस र व्यवसायीहरुले पहिलेदेखि नै खाद्यान्नदेखि निर्माण सामग्री र ऊर्जासम्म सबै वस्तुहरुमा महँगीको सामना गरिरहेका छन्। यतिबेला अस्ट्रेलियामा मुद्रास्फीति दर व्यापक वृद्धि भइरहेको छ र यो अझै बढ्ने अनुमान गरिएको छ। यद्यपि आगामी वर्ष भने अस्ट्रेलियाको मुद्रास्फीति दर २ देखि ३ प्रतिशतमा झर्ने अनुमान गरिएको छ।
विद्युत, ग्यास र पेट्रोलको मूल्यमा भएको वृद्धिले अस्ट्रेलियाको मुद्रास्फीति दर एक महिनाअघि प्रक्षेपण गरिएको भन्दा धेरै हुने अर्थशास्त्रीहरुले बताएका छन्।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago