काठमाण्डौ । न्युजिल्यान्डले गाईवस्तुको डकारमा कर लगाउने योजना सार्वजनिक गरेको छ। 

ग्लोबल वार्मिङका लागि जिम्मेवार हरितग्यास गृहको समस्यासँग जुध्नका लागि न्युजिल्यान्ड सरकारले यस्तो कदम उठाउन लागेको हो। यससँगै गाईवस्तुले उत्सर्जन गर्ने मिथेन ग्यासमा कर लगाउने न्युजिल्यान्ड विश्वकै पहिलो देश बन्नेछ। 

न्युजिल्यान्डमा हरितग्यास गृहको समस्यामा गाईवस्तुको डकारको सबैभन्दा ठूलो योगदान रहेको छ। अनुसन्धानका अनुसार गाईवस्तुको डकारबाट हरितग्यास गृह उत्सर्जन हुन्छ र यसले पर्यावरणलाई असर गर्ने गर्दछ। न्युजिल्यान्ड सरकारले यसका लागि एउटा मस्यौदा तयार गरेको छ। यो योजना लागू भएपछि किसानले सन् २०२५ देखि आफ्ना गाईवस्तुको डकारमा कर तिनुपर्नेछ। 

यो योजनामार्फत उठाइएको कर, किसानका लागि अनुसन्धान, विकास र परामर्श सेवाका लागि उपयोग गरिनेछ। 

कुल ५० लाख जनसंख्या रहेको न्युजिल्यान्डमा लगभग १ करोड गाईवस्तु छन्। यीमध्ये भेडाहरुको जनसंख्या २.६ करोड रहेको छ। न्युजिल्यान्डको अर्थतन्त्रमा कृषि अझ विशेष गरेर पशुपालनको ठूलो भूमिका रहेको छ। तर, न्युजिल्यान्डको कुल हरित ग्यास गृह उत्सर्जनमा आधिभन्दा बढी हिस्सा कृषि क्षेत्रबाट आउने गर्छ। कृषि क्षेत्रबाट हुने उत्सर्जनमा मिथेन ग्यास मुख्य हो। न्युजिल्यान्डमा करिब ४० प्रतिशत मिथेन ग्यास प्राकृतिक स्रोतबाट आउने गर्छ। यसमा चामल खेती र पशुपालन पनि समावेश छ। – एजेन्सी