काठमाण्डौ । ज्योति विकास बैंक लिमीटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कमलादी क्षेत्र र भदकालीमा जेब्रा क्रसिङ्ग निर्माणमा सहयोग गरेको छ ।

सडक दुर्घटना कम गर्न तथा पदयात्रुहरुलाई सडक पार गर्न सहजता होस् भन्ने उद्देश्यले बैंकले आफ्नो मुख्य कार्यालय–कमलादी, प्रज्ञा भवन, कमलादी गणेश मन्दिर तथा भद्रकाली मन्दिर अगाडि जेब्रा क्रसिङ्ग निर्माणमा सहयोेग गरेको बताएको छ । यी स्थानहरुमा जेब्रा क्रसिङ्ग नहुँदा पैदल यात्रुहरुले सडक पार गर्न कठिनाई भोग्दै आइरहेका  थिए । बैंकले ट्राफिक प्रहरी महाशाखा, रामशाह पथसंग समन्वय गरी यो कार्य सम्पन्न गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कुँवरका अनुसार बैंकले सामाजिक उत्तरदायीत्व अन्तर्गत हरेक बर्ष यस्ता सेवामूखी कार्यहरु गर्दै आएको तथा भविष्यमा पनि निरन्तरता दिइनेछ।

राष्ट्रिय स्तरको यस बैंकले देशभर ३२ वटा शाखा सञ्जालमार्फत सेवा प्रदान गरिरहेको छ ।