– रेखा चन्द
काठमाण्डौ । गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले २०७९ असार मसान्तसम्म सीडी रेसियो (कर्जा–निक्षेप अनुपात) ९० प्रतिशतभन्दा तल झार्नुपर्ने नियम बनाएको थियो। असार ३० गतेसम्म राष्ट्र बैंकको नियमअनुसार नै अधिकांश वाणिज्य बैंकहरुले सीडी रेसियो मेन्टेन गरेको देखिएको छ।
राष्ट्र बैंकबाट प्राप्त असार ३० गतेसम्मको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका २६ वटा वाणिज्यमध्ये २५ वटाको सीडी रेसियो ९० प्रतिशतभन्दा मुनि रहेको छ। तर, बैंक अफ काठमाण्डू (बीओके)को सीडी रेसियो भने ९१.५६ प्रतिशत रहेको छ।
राष्ट्र बैंकले पटकपटक बैंकहरुलाई सीडी रेसियो ९० प्रतिशतभन्दा तल झार्न निर्देशन दिएको थियो। राष्ट्र बैंकको निर्देशनसँगै अन्य सबै बैंकहरुले सीडी रेसियो ९० प्रतिशतभन्दा तल झार्न कोसिस गरे र त्यसको परिणाम पनि देखिएको छ। तर, असार ३० गतेसम्म भने बीओकेको मेन्टेन गर्न नसकेको देखिन्छ।
राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले राष्ट्र बैंकको नियम उल्लंघन गर्ने बैंक तथा वित्तीय संस्थालाई ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ९९ र १०० बमोजिम कारबाही हुने जानकारी दिए। ‘अहिले उपलब्ध डाटा असार ३० गतेसम्मको हो’, पोखरेलले भने, ‘त्यसैले असार मसान्तसम्म बीओकेले सीडी रेसियो मेन्टन गर्न सक्छ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago