काठमाण्डौ । नेपालमा मुद्रास्फीति झन्डै सतप्रतिशतले बढेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिना (साउन)को तथ्यांकले यस्तो देखाएको हो। तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७९–८० मा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति बढेर ८.२६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो मुद्रास्फीति ४.३५ प्रतिशतमा सीमित थियो। यो हिसाबले एकै वर्षमै मुद्रास्फीति झन्डै सतप्रतिशतले बढेको छ।
आर्थिक वर्ष २०७९–८० कोपहिलो महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति १२.५८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.२५ प्रतिशत रहेको थियो।
वैदेशिक व्यापार
आर्थिक वर्ष २०७९–८० को पहिलो महिनामा कुल वस्तु निर्यात २८.७ प्रतिशतले कमी आई रु.१४ अर्ब ८१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११५.९ प्रतिशतले वृद्धि भएको थियो।
आर्थिक वर्ष २०७९–८० को पहिलो महिनामा कुल वस्तु आयात १२.९ प्रतिशतले कमी आई रु.१३१ अर्ब २९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७५.७ प्रतिशतले बढेको थियो।
आर्थिक वर्ष २०७९–८० को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा १०.४ प्रतिशतले कमी आई रु.११६ अर्ब ४८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ७०.६ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११.३ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १३.८ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.१३ अर्ब ३७ करोड बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षकोसोही अवधिमा यस्तो आयात रु.१८ अर्ब ८६ करोडबराबरको भएको थियो।
विप्रेषण आप्रवाह
समीक्षा अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले वृद्धि भई रु.९२ अर्ब २१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.४ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.५ प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १६.८ प्रतिशतले घटेको थियो।
शोधनान्तर स्थिति
समीक्षा अवधिमा चालु खाता रु. १६ अर्ब २६ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.४७ अर्ब २९ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३९ करोड ७४ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १२ करोड ७७ लाखले घाटामा रहेको छ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.२२ अर्ब ६३ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.३८ अर्ब ७५ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड ५५ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १७ करोड ७७ लाखले घाटामा रहेको छ।
विदेशी विनिमय सञ्चिति
२०७९ असार मसान्तमा रु. १२ खर्ब १५ अर्ब ८० करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १.५ प्रतिशतले कमी आई २०७९ साउन मसान्तमा रु. ११ खर्ब ९७ अर्ब ८५ करोड कायम भएको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ साउन मसान्तमा १.२ प्रतिशतले कमी आई ९ अर्ब ४२ करोड कायम भएको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु. १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ साउन मसान्तमा ०.७ प्रतिशतले कमी आई रु.१० खर्ब ४९ अर्ब ११ करोड कायम भएको छ। बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ साउन मसान्तमा ६.७ प्रतिशतले कमी आई रु.१ खर्ब ४८ अर्ब ७४ करोड कायम भएको छ। २०७९ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago