काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७९.१९   प्रतिशतको  कमालको प्रगति हासिल गरेको छ । 

बैंकले सोमबार सार्वजनिक गरेको बित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ४२.९७ करोड खूद नाफा रहेकोमा यो वर्षको सोही अवधिमा ७७ करोड १ लाख नाफा आर्जन गरेको हो । 

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ खर्ब १२ अर्ब निक्षेप संकलन गरी ९४ अर्ब ४४ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षमा यो बैंकले ९५ अर्ब ८९ करोड निक्षेप संकलन गरी ७४ अर्ब ११ करोड कर्जा प्रवाह  गरेको थियो । 
इन्भेष्टमेन्ट बैंकको खूद ब्याज आम्दानीतर्फ पनि कमालकै प्रगति हासिल भएको छ । अघिल्लो आबको पहिलो त्रैमासमा ६५ करोड ५० लाख खूद ब्याज आम्दानी भएकोमा यो वर्ष बढेर १ अर्ब १३ करोडको उचाईमा पुगेको हो । 

यो बैंकको चुक्तापूँजी ८ अर्ब ७० करोड रहेको छ भने जगेडा कोषमा ८ अर्ब ४० करोड रुपैयाँ रहेको छ । 

बैंकले पहिलो त्रैमासमा १ अर्ब १३ करोड संचालन नाफा आर्जन गरेको छ । 

बैंकलले अघिल्लो आबको पहिलो त्रैमासमा १.०७ प्रतिशतमा रहेको निस्क्रिय कर्जालाई घटाएर ०.७१ प्रतिशतमा झारेको छ । 

बैंकको प्रति सेयर आम्दानी ३५.३८ रुपैयाँ, प्रति सेयर नेटवर्थ १९६.४८ रुपैयाँ र मूल्य आम्दानी अनुपात २२.८१ गुणा कायम भएको छ ।