काठमाण्डौ । विश्वमा रेलको इतिहास धेरै पुरानो रहेको छ।
सबैभन्दा पहिले १८ औँ शताब्दीमा बेलायतले पहिलोपटक रेल सेवा सुरु गरेको थियो। हाल आएर भने सबैभन्दा बढी रेल नेटवर्क भएको देश चीन पर्छ भने जापान पनि तीव्रगतिमा रेल गुडाउने देशमा पर्छ।
विभिन्न राष्ट्रहरु रेलसेवामा प्रतिस्पर्धामा चलेको अवस्थामा स्विट्जरल्यान्डले पनि सबैभन्दा लामो रेल (करिब २ किलोमिटर लामो) बनाएर विश्व रेकर्ड कायम गरेको छ। स्विट्जरल्यान्डको पहिलो रेल सेवा कम्पनीले विश्वकै सबैभन्दा लामो रेल बनाएको छ।
कम्पनीको १७५ औँ वर्षगाँठका अवसर पारेर कम्पनीले यस्तो रेल सेवा सञ्चालन गरेको हो। विश्वकै सबैभन्दा लामो रेलसेवा मानिएको यो रेलले २९९० टन अर्थात १०० वटा कार बोक्न सक्छ। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19