काठमाण्डौ । साबिक बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले अर्थतन्त्र सुधारोन्मुख हुँदा बैंकिङ क्षेत्रलाई थप हौसल प्राप्त भएको बताएका छन्।
ग्लोबल आइएमई र बैंक अफ काठमाण्डौको मर्जरपछि आज संयुक्त कारोबारको शुभारम्भ कार्यक्रमा अध्यक्ष श्रेष्ठले यस्तो धारणा राखेका हुन्। ‘अर्थतन्त्र सुधारोन्मुख रहेको देखिन्छ’, उनले भने, ‘देशका आर्थिक मेरुदण्डको रुपमा रहेको रेमिट्यान्समा सुधार र पर्यटन क्षेत्रमा बढ्दो क्रियाकलापले बैंकिङ क्षेत्रमा थप हौसिल प्राप्त भएको छ।’
कुल वस्तु आयातमा कमी आएको व्यापार घाटामा सुधार आएको श्रेष्ठले बताए। ‘विदेशी मुद्रा सञ्चितीमा समेत सुधार आएको छ’, उनले भने।
पछिल्लो समय देशभित्र र बाहिरबाट नेपालमा लगानी गर्ने व्यवसायीहरुको आकर्षण बढेकोले आगामी दिनमा अर्थतन्त्रमा थप सुधार आउने आशाले बैंकिङ क्षेत्रमा समेत उल्लेख्य सुधार आउने अपेक्षा गरिएको श्रेष्ठले बताए।
श्रेष्ठले राष्ट्र बैंकले लिएको नीतिबमोजिम वाणिज्य बैंकहरुले देशको अधिकांश स्थानीय तहबाट बैंकिङ सेवा सुरु गरिसकेको बताए। ‘यसले गर्दा बैंकिङ क्षेत्रप्रति आमजनमानसको विश्वास बढेको छ’, उनले भने।
नवगठित सरकारले देशको अर्थतन्त्र थप चलायमान बनाउने लक्ष्य लिएको उल्लेख गर्दै श्रेष्ठले हाल देशभित्र उद्योग–कलकारखानालगायत विभिन्न क्षेत्रमा बढ्दै गएको व्यवसायले बैंंकिङ क्षेत्रको विकासमा पनि टेवा पुग्ने बताए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19