काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ब्याजदरका बारेमा पूर्ण रुपमा जानकारी लिएरमात्रै बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन आग्रह गरेको छ।
राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। ब्याज र आम्दानीमा तालमेल नभएमा कर्जा भुक्तानीमा समस्या आउन सक्ने महाशाखाको भनाइ छ।
निश्चित आय भएका व्यक्तिले परिवर्तनशील ब्याजदरमा कर्जा उपयोग गर्दा आम्दानी र खर्चबीच सामञ्जस्यता हुन नसक्ने र कर्जा भुक्तानीमा समस्या हुने अवस्थालाई ध्यान दिई व्यक्तिगत कर्जाहरु स्थिर ब्याजदरमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको महाशाखाले जनाएको छ।
‘स्थिर ब्याजदरमा कर्जा उपयोग गर्दा ब्याज रकम बढ्दैन, निर्धारित अवधिमै कर्जा भुक्तानी गर्न सकिन्छ र यसले निश्चित आय भएका व्यक्तिको वित्तीय अवस्थामा नकारात्मक असर पर्न दिँदैन’, महाशाखाले भनेको छ।
महाशाखाका अनुसार ब्याजदर निर्धारण र ब्याजदर परिवर्तन हुने सर्त बुझेरमात्र कर्जा उपयोग गर्नुपर्दछ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19