काठमाण्डौ । सहरमा एक भनाइ छ–‘शौच गर्न पनि पैसा लाग्छ।’ हुन पनि हो प्रतिस्प्रधात्मक यो युगमा पाइलापाइलामा पैसा खर्च गर्नुपर्छ। सहरमा सेवासुविधा छन् तर सहरको दैनिक जीवन सहज बनाउन उपभोक्ताहरुले पाइलापाइलामा पैसा खर्च गर्नुपर्छ।
पाइलापाइलामा शुल्क तिरिरहेका ग्राहकलाई सास्ती होइन सुविधा पनि दिनुपर्छ भन्ने मानवीय भावना हराइसकेको छैन। यही भावनाबाट प्रेरित भएर मुलुकको अग्रणी एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई ५ वर्षसम्मका लागि विभिन्न सेवा सुविधाहरु निःशुल्क उपलब्ध गराएको छ।
बैंकका अनुसार सर्वश्रेष्ठ खाता खोल्ने ग्राहकलाई विभिन्न सेवासुविधा ५ वर्षका लागि निःशुल्क उपलब्ध गराइरहेको छ। कतिपय सुविधा भने सधैँभरिका लागि निःशुल्क प्रयोग गर्न पाइन्छ भने कति सेवासुविधा ५० प्रतिशत छुटमा उपलब्ध छन्।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले विभिन्न कार्डको प्रयोगमा ५ वर्षमा निःशुल्क सेवा उपलब्ध गराएको र डिजिटल कारोबार पूर्णरुपमा निःशुल्क गरेको बताए। अन्य बैंकले शुल्क लिइरहेका धेरै सेवाहरु यस बैंकले भने निःशुल्क उपलब्ध गराइरहेको छ। जस्तो कि डेबिट कार्ड, क्रेडिट कार्ड र एटीएम प्रयोग गर्ने ग्राहकले यसको प्रयोगमा कुनै पनि शुल्क तिर्नुपर्दैन। एकपटक प्रयोग गर्न सुरु गरेपछि ५ वर्षसम्म निःशुल्क प्रयोग गर्न पाइन्छ।
बजारमा हेर्ने हो भने अन्य बैंकहरुको एटीएम, डेबिट कार्ड, क्रेडिट कार्ड प्रयोगकर्ताले १ वर्षका लागिमात्र शुल्क तिर्नुपर्दैन। त्यसपछि भने शुल्क तिर्नुपर्ने हुन्छ। बैंकले एम्बेसडर खाता खोल्नेबित्तिकै ५ वर्षका लागि निःशुल्क रुपमा कार्ड प्रयोग गर्न सकिने सुविधा ल्याएको छ।
क्रेडिट कार्ड आवेदन दिन जारी शुल्क, सप्लिमेन्टरी कार्ड, प्रिपेड डलर कार्ड, ई–कमर्श सुचारु गर्न, चेक प्रोसेसिङ गर्न पनि शुल्क लाग्दैन।
पछिल्लो समयमा सूचना प्रविधिको प्रयोग बढ्दै गएको छ। सबैतिर अटोमेसन भइरहेको बेला बैंक तथा वित्तीय क्षेत्रमा पनि डिजिटल कारोबारमा प्रतिस्पर्धा बढिरहेको छ। बैंकले मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङको सेवालाई बैंकिङ क्षेत्रकै उत्कृष्ट सेवाका रुपमा सञ्चालन गरिरहेको छ। बैंकको कुल कारोबारको ७५ प्रतिशत कारोबार डिजिटल सेवाबाट भइरहेको छ। यसमा मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङका रुपमा बैंकको वेबसाइटको आइसर्भबाट विभिन्न सेवासुविधा ग्राहकले प्रयोग गर्दै आएका छन्।
बैंकले मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङलाई प्राथमिकतामा राखेर धेरै सुविधाहरु पनि उपलब्ध गराएको छ। यस्ता सुविधाहरु अन्य बैंकहरुले ल्याउन सकेका छैनन्। यस बैंकको सर्वश्रेष्ठ बचत खाता खोलेका ग्राहकले मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवाका लागि ५ वर्षसम्म कुनै पनि शुल्क तिर्नुपर्दैन।
त्यस्तै आम उपभोक्ताहरुले आरटीजीएसबाट भुक्तानी गर्ने संख्या बढ्दै गएको छ। यसको प्रयोग बढ्दै गएको बेलामा अन्य बैंकहरुले हरेक भुक्तानीमा शुल्क लिँदै आइरहेका छन्। तर, एनआईसी एशिया बैंकले भने आरटीजीएसलगायत भुक्तानीमा शुल्क लिँदैन।
डिजिटल बैंकिङ कारोबार बढेसँगै आरटीजीएसजस्तै आईपीएस, सीआईपीएसको प्रयोग बढ्दो छ। यी सेवाहरुको प्रयोग गर्दा अन्य बैंक तथा वित्तीय संस्थाहरु, नेपाल क्लियरिङ हाउस (एनसीएचएल) लगायतले हरेक कारोबारमा शुल्क लिँदै आएका छन्। यस बैंकले भने आरटीजीएस, आईपीएस, सीआईपीएसको हरेक पटकको कारोबार निःशुल्क उपलब्ध गराउँदै आएको छ।
नेपालमा पछिल्ला २–३ वर्षदेखि प्राथमिक सेयर र दोस्रो बजारको सेयर कारोबार तीव्ररुपमा वृद्धि भइरहेको छ। सेयर बजारमा आमउपभोक्ताको कारोबारमा बढेसँगै डिम्याट खाता खोल्नेको संख्या पनि तीव्ररुपमा बढिरहेको छ। डिम्याट र मेरो सेयर खाता खोल्नेको संख्या बढिरहेको बेला आईपीओ भर्नेको संख्या पनि बढिरहेको छ। यही मौकामा धेरै बैंकले नाफा बढाउन आमग्राहकबाट आईपीओ भरेको शुल्क लिइरहेका छन्। यस बैकले भने डिम्याट र मेरो सेयर प्रयोगमा कुनै पनि शुल्क लिँदैन।
त्यस्तै सेयर बजारलाई ध्यानमा राखेर एनआईसी क्यापिटलबाट पोर्टफोलियो म्यानेजमेन्टका लागि ५ वर्षसम्म ५० प्रतिशत छुट उपलब्ध गराएको छ। विदेशी मुद्रा सटहीको दस्तुरमा भारी छुट दिइएको छ। विदेशी मुद्रा सटही गर्ने क्रममा विदेशी मुद्रा खरिद गर्दा २५ पैसा छुट (रिबेट) र बेच्दा २५ पैसा थप (प्रिमियम) प्राप्त गर्न सक्नुहुन्छ।
ग्राहकले लकर सुविधा पनि निःशुल्क प्रयोग गर्न पाउँछन्। बैंकका अनुसार ग्राहकले लकर मार्जिनमा १०० प्रतिशत छुट दिएको छ। यसको अर्को निःशुल्क सुविधा भनेको मुलुकभरका कुनै पनि बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क लाग्दैन। एनआईसी एशिया बैंकका ४७४ एटीएम र मुलुकभरका सबै बैंकका ४ हजारभन्दा धेरै एटीएमबाट पनि निःशुल्क रुपमा पैसा झिक्न सकिन्छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19