काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मनिचेन्जरले विदेशी नागरिकसँग विदेशी मुद्राको कारोबार गर्न सीमा तोकेको छ।
राष्ट्र बैंकले एकीकृत परिपत्रमा संशोधन गर्दै मनिचेञ्चरले विदेशी नागरिकसँग गर्ने सटही कारोबारमा सीमा तोकेको हो। मनिचेन्जरले राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ मा उल्लिखित इजाजतपत्रको प्रकृतिअनुसार विदेशी नागरिकसँग निम्नमोजिम विदेशी मुद्राको कारोबार गर्न सक्नेछन्–
क. विदेशी नागरिक (भारतीयसमेत) सँग परिवर्त्य विदेशी मुद्राको खरिद कारोबार गर्न सक्नेछ। तर, अमेरिकी डलर ५ हजारभन्दा बढी नगद परिवर्त्य विदेशी मुद्राको खरिद कारोबार गर्दा भन्सार स्वघोषणासमेत अनिवार्य हुनेछ।
ख. भारतीय नागरिकसँग भारु खरिद कारोबार गर्न सक्नेछ। तर, अमेरिकी डलर ५ हजारबराबरभन्दा बढी नगद भारु खरिद कारोबार गर्दा भन्सार स्वघोषणा समेत अनिवार्य हुनेछ।
ग. नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम १० को उपविनियम (१) को खण्ड (ठ) बमोजिम विदेशी नागरिक (भारतीयबाहेक) ले नेपाल सरकारलाई बुझाउनुपर्ने शुल्क वा जरिवानाका लागि आवश्यक पर्ने नगद परिवर्त्य विदेशी मुद्राको बिक्री कारोबार।
यसैगरी मनिचेन्जरले नेपाली नागरिकसँग देहायबमोजिम विदेशी मुद्राको कारोबार गर्न सक्नेछन् :
क. नेपाली नागरिकसँग अमेरिकी डलर ५०० वा सोबराबरको अन्य परिवर्त्य विदेशी मुद्राको खरिद कारोबार गर्न सक्नेछ।
ख. नेपाली नागरिकसँग भारु खरिद कारोबार गर्न सक्नेछ। तर, अमेरिकी डलर ५ हजार बराबरभन्दा बढी नगद भारु खरिद कारोबार गर्दा भन्सार स्वघोषणासमेत अनिवार्य हुनेछ।
ग. नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम ९ को उपविनियम (४) को खण्ड (घ) बमोजिमको इजाजतपत्र लिएका मनिचेञ्जरले विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी बापतको सटही सुविधा अन्तर्गत अधिकतम अमेरिकी डलर २०० वा सोबराबरको अन्य परिवर्त्य विदेशी मुद्राको बिक्री कारोबार।
घ. विभिन्न प्रयोजनको लागि भारत जाने नेपाली नागरिकलाई भा.रु. २५,००० सम्मको बिक्री कारोबार।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19