काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा करिब २ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ।
केन्द्रीय बैंकको विभिन्न कोषमा रहेको कुल १ अर्ब ९३ करोड ५८ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपका रुपमा लगानी गर्न लागेको हो।
राष्ट्र बैंकले कुल रकममध्ये १ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ वाणिज्य बैंकमा, २९ करोड ४ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकमा र ९ करोड ६८ लाख रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीहरुमा लगानी गरिने जनाएको छ।
यो रकम मुद्दति निक्षेपका रुपमा २०८० वैशाख ३ गतेदेखि २०८१ वैशाख २ गतेसम्म ३६५ दिनका लागि लगानी गरिने राष्ट्र बैंकले जनाएको छ।
मुद्दति निक्षेपका रुपमा लिन चाहेको रकम खुलाई बैंकमा चैत १६ गते राति १२ बजेसम्म अनलाइनमार्फत ब्याज प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago