 
                     
                                
                             
                                    काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले एएमडीआरटी मिट २०२३ धुलिखेलमा भव्यताका साथ सम्पन्न गरेको छ।
कार्यक्रममा एमडीआरटी २०२३ का लागि मनोनित सम्पुर्ण एमडीआरटीलाई सम्मान गर्नुका साथै सीओटी हुन सफल गौरवकुमार शाही र टीटीओ कमलप्रसाद घिमिरेलाई विशेष सम्मान गर्दै टीओटी कमलप्रसाद घिमिरेलाई रोयल इन्फिल्ड मोटरसाईकल कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले हस्तान्तरण गरेका थिए।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतहरुले उक्त कार्यक्रममा सीओटी, टीओटी तथा एमडीआरटीहरुलाई सम्मान गर्नुका साथै उत्प्रेरणात्मक तालिम प्रदान गरेका थिए।
कार्यक्रममा उपस्थित सम्पूर्ण व्यक्तित्वले एकसाथ कम्पनीको २०८० सालको क्यालेन्डर अनावरण पनि गरेका थिए। उक्त क्यालेन्डरमा देशका विभिन्न स्थानहरुबाट सूर्यज्योति झल्किने मनमोहक तस्विरहरु समावेश गरिएको छ।
यस कार्यक्रमले आगामी वर्षहरुमा एमडीआरटी संख्या अझ वृद्धि गर्ने हौसला मिलेको कुरा सीओटी गौरवकुमार शाहीले जानकारी गराए। कार्यक्रममा टीओटी कमलप्रसाद घिमिरले अभिकर्ता पेशालाई मर्यादित बनाउन अहोरात्र आफू खटिने जानकारी गराए।
वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले सदैव लक्ष्य उच्च राखेमा अवश्य सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश कार्यक्रममा व्यक्त गरे। प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले आगामी वर्षमा तुलनात्मक हिसाबले एमडीआरटीहरुको संख्यामा वृद्धि गर्न हौसला दिँदै आजैबाट आफ्नो गन्तव्यतिर लाग्न पे्ररित गरेका थिए।
सूर्या लाइफ र ज्योति लाइफको सफल मर्जरपश्चात बनेको आईएसओ ९००१ः२०१५ बाट सम्मानित सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको हाल चु्क्तापुँजी रु. ४.५४ अर्ब रहेको र देशभर १८१ शाखा कार्यालयहरुबाट सेवा प्रदान गर्दै आएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19