काठमाण्डौ । साउदी अरेबियाले २३ करोड डलर खर्च गरेर पाकिस्तानमा बाँध निर्माण गर्ने परियोजनामा हस्ताक्षर गरेको छ।

साउदी प्रेस एजेन्सीले जारी गरेको समाचारमा यो बाँध पाकिस्तानको पेसावरको उत्तरमा स्वात नदीमा बनाइने बताइएको छ। यो बाँधबाट ८०० मेगावाट बिजुली उत्पादन हुनेछ भने १६ लाख घनमिटर पानीको बचत हुनेछ।

पाकिस्तानका तर्फबाट यो सम्झौतामा पाकिस्तानको अर्थ मन्त्रालयमा उपसचिव पदमा रहेका डा. काजिम नियाजले हस्ताक्षर गरेका छन्। 

साउदी विकास कोषका प्रमुख कार्यकारी अधिकृत सुल्तान अब्दुलरहमान अल–मार्शदले यो परियोजना साउदी अरब सरकारले पाकिस्तानलाई दिएको आर्थिक सहयोगको विस्तार भएको बताएका छन्। 

यस कोषबाट १ अर्ब ४० करोडको लागतमा ४१ विकास आयोजना निर्माण भइरहेका छन्। यसबाहेक विगत ४ वर्षमा तेलको डेरिभेटिभमा पनि ५.४ अर्ब डलर खर्च भएको छ। –एजेन्सी