 
                     
                                
                             
                                    काठमाण्डौ । विश्व व्यापार संगठन (डब्ल्यूटीओ)को एउटा प्यानलले भारतले केही आईटी (आईसीटी) उत्पादनहरुमा आयात शुल्क लगाएर विश्वव्यापी व्यापारको नियम उल्लंघन गरेको ठहर गरेको छ।
भारतले यस निर्णयविरुद्ध डब्ल्यूटीओको पुनरावेदन न्यायाधीकरणमा जाने निर्णय गरेको छ। भारतले लगाएको आयात शुल्कविरुद्ध युरोपेली संघ, जापान र ताइवानले गुनासो गरेका थिए।
यस विषयमा डब्ल्यूटीओले आफ्नो रिपोर्टमा भनेको छ, ‘हामी भारतलाई १९९४ जीएटीटी नियमहरु पालना गर्न सुझाव दिन्छौँ।’
डब्ल्यूटीओले यस विषयमा युरोपेली संघ, जापान र चाइनिज ताइपेईद्वारा प्रस्तुत तीन प्यानल प्रतिवेदन परिचालित गरेको छ। यी प्रतिवेदनहरुले केही आईसीटी (सूचना, सञ्चार र प्रविधि) उत्पादनहरुमा शुल्क लगाउने नियमहरु उल्लेख गरेका छन्।
सन् २०१९ अप्रिल २ मा युरोपेली संघले धेरै आईसीटी उत्पादनहरुमा भारतले लगाएको आयात शुल्कलाई चुनौती दिएको थियो। यसमा मोबाइल फोन र तिनका कम्पोनेन्टहरु, बेस स्टेसनहरु, एकीकृत सर्किटहरु र अप्टिकल उपकरण जस्ता– उत्पादनहरु समावेश छन्। यी उत्पादनमा ७.५ देखि २० प्रतिशतसम्म कर लगाइएको थियो। –एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19