काठमाण्डौ । प्रविधि क्षेत्रमा कीर्तिमान कायम गरेको एप्पलले अब फाइनान्सियल सेक्टरमा पनि पाइला टेकेको छ। 

गोल्डम्यान स्याक्स समूहसँगको सहकार्यमा कम्पनीले हाई–यिल्ड बचत खाताको सुरुआत गरेको हो। 

एप्पलको वेबसाइटमा दिइएको जानकारीअनुसार एप्पल कार्ड प्रयोगकर्ताले कम्पनीको यो नयाँ प्रस्तावको फाइदा लिन सक्नेछन् र उनीहरुले वार्षिक ४.१५ प्रतिशत ब्याज पाउनेछन्। जुन अमेरिकी राष्ट्रिय औसतभन्दा १० गुणा बढी हो।

एप्पलद्वारा प्रस्ताव गरिएको यो बचत खाता धेरै प्रकारले विशेष हुनेछ। यसमा प्रयोगकर्ताले अन्य बैंकको तुलनामा बढी ब्याज पाउनेछन्। यो खातामा प्रयोगकर्ताबाट कुनै पनि प्रकारको शुल्क लाग्ने छैन। न त न्यूनतम मौज्दात राख्न कुनै बाध्यता हुनेछ। प्रयोगकर्ताले यसलाई वालेट एपमार्फत नै एप्पल आइफोनको मद्दतले सेट अप गर्न सक्नेछन्। 

अकाउन्ट सेट अप गरेपछि वालेटमा आउने नगद रकम स्वतः बैंक खातामा स्थानान्तरण हुनेछ। यद्यपि, प्रयोगकर्ताले यसलाई सेटिङको मद्दतले परिवर्तन गर्न सक्नेछन्। यसमा नगदको सीमा पनि तोकिएको छैन।

एप्पलले गत वर्ष अक्टोबरमा कम्पनीले छिट्टै आफ्नो फाइनान्सियल उत्पादन बजारमा ल्याउने घोषणा गरेको थियो। त्यसपछि कम्पनीले फाइनान्सियल सेवाको सुरुआतलाई ठूलो कदमका रुपमा लिइएको छ। –एजेन्सी