काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्यमा भारी  गिरावट आएको छ।

यो समाचार तयार पार्दासम्म सूनको मूल्यमा प्रतिऔँस १९९६ मा कारोबार भइरहेको छ। आजैमात्रै सूनको मूल्यमा प्रतिऔँस २२ डलरको गिरावट आइसकेको छ। 

अन्तर्राष्ट्रिय बजारमा १ औँसबराबर नेपालमा साढे २ तोला हुन्छ।

अमेरिकी सेयर बजारमा बिहीबार पनि गिरावट आएको थियो। डाउ जोन, नास्डक र एसएन्डपी ५०० सबैमा गिरावट आएको हो।

युरोपियन सेयर बजारमा शुक्रबार भने सामान्य अंकको सुधार आएको छ। बिटक्वाइन, इथिरियम गिरावट आएको छ भने लाइटक्वाइनमा सामान्य बढोत्तरी भएको छ। एक्सआरपीमा भने कुनै परिवर्तन आएको छ। –एजेन्सी