काठमाण्डौ । हावामा उड्ने र त्यहाँ दौडने हामी सबैको सपना हुन्छ । स्वीट्जरल्याण्डको जेरमेटमा यो सपना यथार्थमा परिणत भएको बीबीसीले दाबी गरेको छ । जेरमेट भन्ने ठाउँमा करिब ५ सय मिटर लामो पैदलयात्रुहरुका लागि हावामा झुण्डिएको झोलुंगे पुल निर्माण भएको छ।

ग्रेबेनगुफर नदीबाट ८५ मिटर माथि बनेको यो पुलको नाम यूरोपाब्रकु राखिएको छ । 

जेरमेट पर्यटन बोर्डलाई उद्धृत गर्दै बीबीसीले लेखे अनुसार यो नै विश्वको सबैभन्दा लामो झोलुंगे पुल बनेको छ । यसअघि अस्टियाको रुएटमा ११० मिटरको उचाईमा ४५० मिटर लामो झोलुंग पुल रहेको छ । 

जेरमेट पर्यटन बोर्डका अनुसार यो नयाँ झोलुंगे पुललाई आठ टन वजनवाला निकै तगडा तारले जोडिएको छ । यहीकारण मानिसहरु यो पुलमा हिँडे पनि यो हल्लिदैन ।