काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुन र क्रिप्टोकरेन्सीको भाउमा सामान्य गिरावट आएको छ। 

शुक्रबार यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔँस ८ डलरले घटेर १ हजार ९९० डलरमा कारोबार भइरहेको छ। एक औँसबराबर नेपालमा साढे २ तोला हुने गर्छ। 

मध्य अप्रिलमा सुनको भाउ २ हजार ४८ डलर प्रतिऔँस पुगेको थियो। केही दिनअघि सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा २ हजार डलर नजिक पुमेको छ। 

एसीवाई सेक्युरिटिज कम्पनीका एक विश्लेषकले सुनका लगानीकर्तालाई सचेत रहन आग्रह गरेका छन्। उनले सुनको मूल्य लामो समय २ हजार डलर नरहने दाबी पनि गरे। तर, सुनको हालको सपोर्ट विन्दु भने १ हजार ९८० डलरमा रहेको उनले प्रस्ट पारे। 

यो समाचार तयार पार्दासम्म बिटक्वाइन, लाइटक्वाइन र बीटीसी क्यासजस्ता क्रिप्टोकरेक्सनको भाउमा गिरावट आइरहेको छ। एक्सआरपीको मूल्य भने स्थिर रहेको छ। 

त्यसैगरी अमेरिकी र एसियाली सेयर बजारहरुमा भने उछाल आएको छ। युरोपेली बजारमा भने गिरावट आएको छ। –एजेन्सी