काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ अल–टाइम हाई नजिक पुगेको छ।
यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस २ हजार ४७.४० डलरमा कारोबार भइरहेको छ। यो भनेको यसअघिको अल–टाइम हाई भाउ नजिक रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
यसअघि सन् २०२० मा सुनको मूल्य प्रतिऔँस २ हजार ७२.४९ डलरमा कारोबार भएको थियो।
यसरी विश्व बजारमा सुनको मूल्यमा बढोत्तरी आउनुमा मुख्य कारण भनेको अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाउनु नै रहेको छ। यसका साथै अमेरिकामा पछिल्लो समय धमाधम ठूला बैंकहरु डुब्नले पनि सुनको मूल्यमा उछाल आएको जानकारहरु बताउँछन्।
अन्तर्राष्ट्रिय बजार सुनमा गरिएको लगानीलाई सुरक्षित मानिन्छ। त्यही भएर अहिले संकटग्रस्त लगानीकर्ताहरु सुनमा आकर्षित हुँदा मूल्य बढेको हो।
सुनको मूल्य यसरी बढ्नुमा अर्को कारण भनेको अमेरिकासँग केही ठूला राष्ट्रहरुको राजनीतिक उतारचढाव पनि रहेको मानिन्छ।
उता अमेरिकी र युरोपेली सेयर बजारमा भने गिरावट आइरहेको छ। एसियाली सेयर बजारमा मिश्रित प्रभाव परेको छ। भारतको सेन्सेक्समा भने बढोत्तरी आएको छ।
विश्व बजारमै क्रिप्टोकरेन्सीको भाउ पुनः बढोत्तरी आएको छ। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19