काठमाण्डौ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुपर लघुवित्त वित्तीय संस्थाको व्यवस्थापन तथा सञ्चालनका लागि व्यवस्थापन समूह गठन गर्ने भएको छ।
केन्द्रीय बैंकले दुई सदस्यीय व्यवस्थापन समूह गठन गर्न लागेको हो। यसका लागि राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी समूहका संयोजक र सदस्यका लागि दरखास्त आह्वान गरेको छ।
संयोजक र सदस्यको सेवा अवधि १ वर्षको हुनेछ। आवश्यकता तथा कार्यप्रगतिका आधारमा ६–६ महिनाका लागि २ पटकसम्म सेवा अवधि नवीकरण गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
इच्छुक उम्मेदवारलाई जेठ २७ गतेसम्म दरखास्त पेस गर्न सकिनेछ।

                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19