 
                     
                                
                             
                                    काठमाण्डौ । फोटो सेयरिङ प्लेटफर्म इन्स्टाग्रामले भिडियो क्रिएटरका लागि एउटा दमदार फिचर लिएर आएको छ।
यो फिचरको मद्दतले भिडियो क्रिएटरहरुले पैसा कमाउन सक्छन्। भिडियो बनाउनुका सासाथै कमाइको मौका प्राप्त हुनेछ।
इन्स्टाले यसका साथै थुप्रै एडिटिङ फिचर पनि पेस गरेको छ। यो नयाँ फिचर प्रयोगकर्ता र भिडियो क्रिएटर दुवैका लागि फलदायी हुने कम्पनीको विश्वास छ। यो फिचरलाई ‘गिफ्ट’ नाम दिइएको छ।
के हो गिफ्ट फिचर ?
इस्टाग्रामका अनुसार गिफ्ट फिचर आएसँगै अब भ्युअरहरुले स्टार किनेर आफ्ना मनपर्ने क्रिएटरलाई गिफ्तार रुपमा दिन सक्नेछन्। त्यसपछि कम्पनीले क्रिएटरहरुलाई मासिक रुपमा पैसा उपलब्ध गराउनेछ। कम्पनीले प्रतिस्टार ०.१ डलर दिनेछ।
कम्पनीका अनुसार यो नयाँ फिचरलाई अफिसियल रुपमा लन्च गरिसकिएको छ। अब केही दिनभित्र यो फिचर प्रयोगकर्ताका लागि ल्याइनेछ।
कसरी काम गर्नेछ गिफ्ट फिचरले ?
प्रयोगकर्तासँग हरेक क्रिएटरलाई गिफ्ट पठाउने अप्सन हुने छैन। किनकि सबै क्रिएटरका साथ रिलमा गिफ्ट एनेबल गर्ने अप्सन छैन।
क्रिएटरलाई गिफ्ट पठाउनका लागि सबैभन्दा पहिले क्रिएटरको रिल्समा जानुपर्नेछ। त्यहाँ ट्याग गिफ्ट अप्समा क्लिक गर्नुपर्नेछ। टप राइटमा स्टार ब्यालेन्स अप्सन देखिनेछ। त्यहाँ ट्याप गर्नुपर्नेछ।
त्यसपछि ती स्टारहरु सेलेक्ट गर्नुपर्नेछ, जहाँ प्रयोगकर्ताले ब्यालेन्समा एड गर्न चाहन्छन्। स्क्रिनमा दिइएको सबै इन्स्ट्रक्सन फलो गर्नुपर्नेछ। अनिमात्र गिफ्ट सेलेक्ट गरेर पठाउन सकिनेछ। त्यसपछि क्रिएटरको गिफ्टर पुगेको अनस्क्रिमा नोटिफिकेसन आउनेछ। –एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19