काठमाण्डौ । गुुहेश्वरी मर्चेन्ट बैकिंग एण्ड फाइनान्स लिमीटेडले खूद नाफामा कमालको प्रगति हासिल गरेको छ । अघिल्लो वर्ष ६ करोड ९३ लाख रहेको खूद नाफा बढाएर आर्थिक वर्ष ०७३/७४ मा १२ करोड ९२ लाखको उचाईमा पुर्याएको हो । यसरी खूद नाफा तर्फ यो कम्पनीले ८६.४१ प्रतिशतले फड्को मारेको हो । 

यस्तै, खूद ब्याज आम्दानीतर्फ पनि गुहेश्वरीले राम्रो प्रगति गरेको छ । अघिल्लो वर्ष ७  करोड ९२ लाख रहेको यस्तो आम्दानी बढेर ११ करोड १४ लाखको उचाईमा पुुगेको हो । 

यो अवधिमा यो कम्पनीले २ अर्ब ४५ करोड निक्षेप संकलन गरी २ अर्ब ११ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा १ अर्ब ९३ करोड निक्षेप संकलन गरी १ अर्ब ५३ करोड कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्षसम्म ७ करोड ९४ लाख रुपैयाँ रहेको रिजर्ब कोष वृद्धि भई २० करोड ८० लाखको उचाईमा पुुगेको छ । 

अघिल्लो वर्षसम्म ०.५० प्रतिशतको अनुपातमा रहेको निस्क्रिय कर्जा घटेर ०.२९ प्रतिशतमा झरेको छ भने ६.७२ प्रतिशतमा रहेको कस्ट अफ फण्ड बढेर ९.२५ प्रतिशतको उचाईमा पुुगेको छ । 

यो अवधिमा गुहेश्वरी मर्चेन्टको प्रति सेयर आम्दानी २६.२० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४२.१७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ६७०.८१ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०.१९ गुणा कायम भएको छ ।